काठमाडौँ / साताको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.९८ अङ्कले घटेर २६७७.३२ को बिन्दुमा झरेको हो ।
आइबार भने नेप्से परिसूचक ११.४९ अङ्कले घटेको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकमसमेट घटेको छ आज । आइतबार ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँ मात्रैको कारोबार भएको छ ।
सेयर कारोबार हुने कम्पनी सङ्ख्या भने आज बढेको छ । आइतबार ३०५ ओटा कम्पनकिो सेयर कारोबार भएकोमा सोमबार भने ३२२ ओटा कम्पनीको कारोबार भएको छ । आज १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
सोमबार ७७ ओटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ ओटाको भने घटेको छ । त्यस्तै, ६ ओटाको मूल्य भने स्थिर छ ।आजको कारोबारमा व्यापारिक र अन्य समूहको परिसूचक सामान्य बढे पनि सबै समूहको परिसूचक घटेको छ ।
आज व्यापारिक समूह ०.१० प्रतिशत र अन्य समूह ०.२३ प्रतिशतले बढेको हो । सबैभन्दा बढी गुमाउनेमा उत्पादन तथा प्रशोधन र वित्त समूहका लगानीकर्ता छन् । यी दुई सेक्टरको परिसूचक क्रमशः २.०७ प्रशितत र १.२४ प्रतिशतले घटेको हो ।
यसैगरी, लघुवित्त ०.२७ प्रतिशत, विकास बैंक समूह ०.२१, बैंकिङ ०.१७, होटल तथा पर्यटन ०.१६, जलविद्युत् ०.७६, लगानी ०.४६, जीवन बिमा ०.६१, म्युचुुअल फन्ड ०.१८ प्रतिशतले बढेको छ । निर्जीवन बिमा सेक्टर पनि आज सामान्य घटेको छ ।
सोमबार न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल र उपकार लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडिया लिमिटेडको २४ करोड ४४ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।