images
images

एसके इनर्जी डेभलपमेन्टले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल

एसके इनर्जी डेभलपमेन्टले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • एसके इनर्जी डेभलपमेन्टले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल
    images
    images

    काठमाडौँ / एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधरणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका २० लाख ८० हजार कित्ताले हुन आउने २० करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने भएको हो । 

    आइपिओ सर्वसाधारणमा जारी गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा एसके इनर्जी डेभलपमेन्टका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे । 

    एस.के. इनर्जी डेभलपमेन्टले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार