आज विक्रम संवत २०८१ साल माघ २९ गते, मंगलबार । ईश्वी सन् २०२५ फेव्रुवरी ११ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । चतुर्दशी तिथि, ३० घडी २८ पला, बेलुकी ६ बजेर ५८ मिनेट उप्रान्त पूर्णिमा । तिष्य नक्षत्र, ३० घडी १९ पला, बेलुकी ६ बजेर ५४ मिनेट उप्रान्त अष्लेषा । आयुष्मान योग, ७ घडी ३० पला, बिहान ९ बजेर ४६ मिनेट उप्रान्त सौभाग्य। करण–गर, बिहान ७ बजेर ४० मिनेट उप्रान्त वणिज, बेलुकी ६ बजेर ५८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कर्कट । राशिअनुसार आज तपाईँको समय कस्तो चल्दैछ ? हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। अरुलाई दिएको धनमाल आफैँलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। मान्यजन र अनुभवीको सल्लाहले फाइदा पुग्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्य र पराक्रममा वृद्धि हुनेछ। श्रमको उचित मूल्याङ्कन मिल्नेछ। गृहणीहरूले सौख पूरा गर्दा धन खर्च हुनेछ। नयाँ काम थालनी गर्ने समय छ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्यक्षेत्रमा प्रतिभाको सम्मान हुनेछ। बोलीको प्रभावले काम बन्नेछ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। अहिलेको मेहनतले तत्काल फाइदा नभए पनि दिगो फाइदा हुनेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। आलोचकहरूले समेत प्रशंसा गर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा कार्यलाई मेहनत गर्दा फाइदा हुनेछ । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। नोकरी वा पेशामा तारिफयोग्य कामले प्रशंसा बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेका कमजोरी सुधार्ने समय छ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कीर्तिमान कार्यले गर्दा जस मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीको आवश्यक सहयोग नमिल्ला । अरुको करकापमा काम गर्न बाध्य भइनेछ । फजुल खर्च बढ्नाले सञ्चित रकमसमेत खर्च हुनेछ। उधारोमा व्यापार गर्नुपर्ला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। महत्त्वपूर्ण कुरा गोप्य राख्नुहोला । पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ। आयआर्जनका स्रोत फेला पर्नेछन्। जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ। आम्दानी बढ्नेछ । आवश्यकता र सोख पूरा गर्न सकिनेछ। सरसापटमा बाहिरिएको रकम प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ। आँटेको काम बन्ने योग छ । व्यापार व्यवसायमा अभिभावकको सहयोग मिल्नेछ। भौतिक वस्तु जुटाउनमा धन खर्च हुनेछ। मिहिनेतले नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । लगनशीलताले कर्मसिद्धि हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसम्मानमा वृद्धि हुनेछ। कृषि र ठेकापट्टाबाट लाभ मिल्नेछ। लगनशीलताले कार्यक्षेत्रमा प्रशंसा मिल्नेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरुलाई सरसल्लाह दिँदा अपजस झेल्नुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने भए पनि काममा जुट्नुपर्ला। परिस्थितिले चुनौती निम्त्याउन सक्छ। लोभ गर्दा आफूसँग भएको पनि गुम्न सक्छ । अरुका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। मेहनतले उपलब्धि प्राप्त गर्न सहयोग पुग्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सानो प्रयत्नले दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। व्यापार व्यवसायमा प्रतिक्षा गर्दा सकारात्मक परिणाम मिल्नेछ। व्यापार बढ्नुका साथै मनग्य रकम हातलागी हुनेछ। विशेष उपहार प्राप्त हुने समय छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ । सामाजिक र नोकरीमा गरिएको कामको उचित मूल्याङ्कन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएको कार्य सम्पादित हुनाले नयाँ कार्यतर्फ अग्रसर हुन सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ । दीर्घकालिन फाइदाको लागि विशेष काममा जग बसाउने समय छ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उच्च महत्वकांक्षी काम सम्पादन गर्न विशेष योजना बनाउनुहोस् । नोकरी वा पेशामा विवेकपूर्ण रूपमा सोचविचार गरेर मात्रै निर्णय गर्नुहोला । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। प्रतिस्पर्धामा विजयी हुने समय छ ।