images
images

बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images
    images
    images


    आज विक्रम संवत २०८१ साल चैत्र २८ गते, बिहीबार, तदनुसार ईश्वी सन् २०२५ अप्रिल १० तारिख, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४६, चैत्र शुक्लपक्ष, त्रयोदशी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, आनन्दादिमा–गद योग, चन्द्रराशि–सिंह।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    लगनशीलता र आफन्तको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ । व्यापार व्यवसायाबाट खासै फाइदा नभए पनि सेयर बजार र वित्तीय क्षेत्रमा गरिने लगानीबाट लाभ लिन सकिनेछ । पशुपालन र कृषि क्षेत्रबाट पनि पाइदा हुने समय छ । विशेष उपहार तथा आकर्षक सामान प्राप्त हुने समय छ । मेहनत गर्दा मानसम्मान र प्रतिष्ठा बृद्धि हुनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    नापार व्यवसायबाट फाइदा हुनेछ । आज गरिएको लगानीले मनग्य आम्दानी हुनेछ । आर्थिक पक्ष सबल छ भने यात्राको योग रहेको छ । धैर्य राख्नुहोस् । सोचविचार गरेर व्यवहार गर्दा प्रतिष्ठा जोगाउन सफल भइनेछ । उधारो कारोबार र दिर्घकालिन लाभ दिने योजना सार्वजनिक नगर्नुहोला । प्रयत्न गर्दा आँटेको काम सहजै सम्पादन गर्न सकिनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ । नयाँ रोजगारीको अवसर प्राप्त हुनेछ भने आकस्मिक मधन लाभ हुनेछ । उद्योग, व्यापार, वित्तीय तथा सेयर बजारको क्षेत्रमा लगानी बढाउदा लाभ लिन सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । उपलब्धिमूलक यात्राको योग छ । कृषि क्षेत्रमा भने परिश्रम अनुसार लाभ नहुन सक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    भौतिक साधन जुट्नाले आँटेको काम सहजै बन्नेछ । पहिले गरेका कामबाट पनि फाइदा लिन सकिनेछ भने प्रशंसा गर्नेहरु बढ्नेछन् । आयआर्जनको स्रोत बढ्नेछ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । महत्तवपूर्ण निर्ण गर्नुअघि अग्रजहरूको सल्लाह लिनुहोला । भविष्यलाई फाइदा हुने काम सुरु गर्न सकिनेछ । मेहनतले प्रतिष्ठित काम बन्नेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नयाँ अवसर प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ भने आस मारेको काम समेत बन्नेछ । एउटै कामबाट दोहोरो फाइदा लिन सकिनेछ । आर्थिक पक्ष सबल रहेको । सहयोगीहरूको साथले हौसाल प्राप्त हुनेछ । आर्थिक लाभ हुने जिम्मेवारी प्राप्त हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सम्पन्न हुनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    वैदेशिक क्षेत्रसँग सम्बन्धित काम सफल हुनेछ । भविष्यमा फाइदा हुने काम प्रारम्भ होला । चुनौतिपूर्ण भए पनि आजको मेहनतले दिगो फाइदा दिलाउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ला । रोकिएको काम सम्पादन गर्दा खर्च बढ्नेछ । भविष्यका लागि तत्कालको फाइदा गुमाउनुपर्ला । विदेशमा उत्पादित सामान र स्वास्थ्यसँग सम्बन्धित क्षेत्रबाट लाभ लिन सकिनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    शिक्षा क्षेत्रमा गरिएको लगानीले मनग्य फाइदा दिलाउनेछ । कृषि तथा पशुपलान व्यवसायबाट लाभ लिन सकिनेछ । आज गरिएको मेहनतले नाम र दाम दुबै कमाउन सकिनेछ । आँटेको काम सुरु गर्दा सफलता मिल्नेछ । रोकिएको रकम हात पर्नेछ । आम्दानीको विभिन्न बृद्धि हुनेछ । मेहनत गर्दा रोकिएको काम बन्नेछ भने थोरै लगानीबाट धेरै फाइदा लिन सकिनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार व्यवसाय फस्टाउने समय छ । सेयर बजार र वित्तीय क्षेत्रमा गरेको लगानीबाट पनि मनग्य फाइदा लिन सकिनेछ । आँटेको काम समयमै सम्पादन हुनेछ भने आर्थिक पक्ष सबल हुनेछ । अवसर प्राप्त हुने भए पनि नयाँ काम गनुअघि भने राम्रोसँग सोचविचार गर्नुहोला । भविष्यमा फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । पशुपालन र कृषिसम्बन्धि व्यवसाय फस्टाउनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    सानो प्रयत्नले राम्रो मनग्य फाइदा दिलाउन सक्नेछ । उपलब्धिमूलक काम सम्पादन हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ भने नोकरी गर्नेहरूलाई बढुवा हुने मौका पप्त हुनेछ । आर्थिक पक्ष सबल रहेको छ । सेयर बजार र वित्तीय क्षेत्रमा गरिएको लगानीले पनि फाइदा दिलाउनेछ । कीर्तिमानी काम सम्दान गर्न सकिनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    परिश्रमको उचित मूल्याङ्कन नहुन सक्छ । काम बिग्रने भयले सताउनेछ भने आँटेको काम ढिलो गरी बन्नेछ । यात्राको सम्भावना भए पनि धनमाल हराउन सक्छ, सचेत हुनुहोला । गरिआएको व्यापार व्यवसायलाई निरन्तरता दिन सकिनेछ । पुरानो रकम हात पर्नेछ । व्यवसाय विस्तार गर्ने योजना बन्नेछ । वैदेशिक सामानको व्यापार र विदेशमा बस्नेहरूका लागि राम्रो समय छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार व्यवसायको लागि यात्राको सम्भावना छ । भौतिक सस्म्पत्ति जुट्दा आम्दानी बढाउने काम सम्पादन हुनेछ । पर्यटन, सवारी साधन खरिद बिक्री तथा विलासी सामानको व्यवसाय बढ्नेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ भने तारिफयोग्य काम सम्पादन हुनेछ । आम्दानी भए पनि लगानी बढाउनुपर्दा धन सम्पत्ति सञ्चय भने गर्न सकिदैन । प्रतिक्षित नतिजा हात पर्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    कार्यक्षेत्रमा अवसर प्राप्तिको योग छ । रोकिएको काम दोहोर्याएर गर्दा लाभ हुनेछ। लामो दुरीको उपलब्धिमूलक यात्राको सम्भावना छ भने प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार व्यवसायमा लगानी बढाएर मनग्य आम्दानी गर्न सकिनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सम्पादन हुनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com