images
images

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले कोेशी, गण्डकी र कर्णाली प्रदेशमा बदली र हिमपात

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले कोेशी, गण्डकी र कर्णाली प्रदेशमा बदली र हिमपात

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले कोेशी, गण्डकी र कर्णाली प्रदेशमा बदली र हिमपात
    images
    images

    काठमाडौँ / पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम विभागले जनाएको छ। हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ। 

    आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बर्षा र हिमपात हुने क्षेत्रमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार