images
images

२ सय वर्षअघि नै जर्मनी पुगेका पुराना ताडपत्र फिर्ता गर्न बर्लिनबाट मन्त्री पाण्डेको पलकदमी

२ सय वर्षअघि नै जर्मनी पुगेका पुराना ताडपत्र फिर्ता गर्न बर्लिनबाट मन्त्री पाण्डेको पलकदमी

आइतवार, फागुन २५ २०८१
आइतवार, फागुन २५ २०८१
  • images
    images
    २ सय वर्षअघि नै जर्मनी पुगेका पुराना ताडपत्र फिर्ता गर्न बर्लिनबाट मन्त्री पाण्डेको पलकदमी
    images
    images

    बर्लिन/  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि प्रसाद पाण्डेले विदेशमा पुगेका ताडपत्र नेपालमा फिर्ता गर्न पहल गरेका छन् ।
     
    गत शुक्रवार जर्मनीको बर्लिनस्थित हाइडेलबर्ग विश्वविद्यालयको भ्रमण गर्दै मन्त्री पाण्डेले नेपालबाट २ सय वर्षअघि नै जर्मनी पुगेका ताडपत्र फिर्ताका विषयमा छलफल गरेका हुन् । 

    images
    images

    नेपाल अध्ययन र अनुसन्धानमा ख्यातिप्राप्त हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संकायका प्राडा सिमोन चुबेलिचको नेतृत्वमा प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा प्रशासकहरूसँग नेपालसम्बन्धी अध्ययन र अनुसन्धानका विषयमा छलफल भएको मन्त्री पाण्डले जानकारी दिएका छन् । 


    ‘विभिन्न माध्यम हुँदै जर्मनी पुगेका ६००–७०० वर्ष पुराना ताडपत्रमा लेखिएका पाण्डुलिपिहरूको एक संग्रह करिब २ सय वर्षअघि यस विश्वविद्यालयमा आइपुगेको रहेछ ।’ 

    मन्त्री पाण्डेले फेसबुकमा लेखेका छन्, ‘ती अत्यन्त महत्त्वपूर्ण सामग्रीहरू नेपालमै फिर्ता गरिनु पर्छ भन्ने विश्वविद्यालयको धारणा रहेको जानकारी पायौँ। ती सामग्रीहरू फिर्ता ल्याउन आवश्यक प्रक्रिया र सम्भावनाका बारेमा गहन छलफल भएको छ ।’


    ताडपत्रहरूलाई नेपालमा फिर्ता गर्न जर्मनीस्थित नेपाली दूतावासबाट गरिएको पहलकदमी र हाल नेपाल सरकारले ताडपत्र फिर्ता गर्ने पहल थालेपछि विश्वविद्यालय पनि ती ताडपत्र फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । 

    हाइडेलबर्ग विश्वविद्यालयमा १३८६ मा स्थापना भएको युरोपकै पुरानोमध्येको एक विश्वविद्यालय हो ।
      
    मन्त्री पाण्डले जर्मनीमा डा निराजन काफ्ले, डा. माणिक वज्राचार्य, डा. रामहरि तिमल्सिना, र डा. राजन खतिवडालगायतसँग ताडपत्र फिर्ता, युरोपेली विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययनका विषयमा कुराकानी गरेका थिए ।

    यसका साथै उनले नेपालबाट युरोप पुगेका ऐतिहासिक सामग्रीहरूको खोजी, संरक्षण र फिर्ता गर्ने प्रक्रियाका विषयमा पनि छलफल भएको जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार