images
images

रमेश कर्प र भारतको कम्पनी कजारिया मिलेर टायल्स उत्पादन गर्ने, ४ सय करोड लगानी

रमेश कर्प र भारतको कम्पनी कजारिया मिलेर टायल्स उत्पादन गर्ने, ४ सय करोड लगानी

आइतवार, फागुन २५ २०८१
आइतवार, फागुन २५ २०८१
  • images
    images
    रमेश कर्प र भारतको कम्पनी कजारिया मिलेर टायल्स उत्पादन गर्ने, ४ सय करोड लगानी
    images
    images

    भरतपुर भारतको अग्रणी टाइल निर्माता कजारिया ले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै  लगेको छ । 

    images
    images

    विकास चोक, भरतपुरमा अत्याधुनिक सोरुम उद्घाटन गरेसँगै आफ्नो बजार विस्तारमा अझै दृढताका साथ अघि बढेको हो । 

    रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । 

    नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । 

    यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।  

    यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

    पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

    साथै, कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो । यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे । 

    समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंह ले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे ।  

    उनले भने, “भरतपुर कजारियाका लागि महत्त्वपूर्ण बजार हो, र यो सोरुमले हामीलाई हाम्रो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ। हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र राम्रो गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ ।”


    भरतपुरको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । 

    यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार