images
images

शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै बेतालीको जङ्गलमा पनि लाग्यो आगो

शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै बेतालीको जङ्गलमा पनि लाग्यो आगो

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै बेतालीको जङ्गलमा पनि लाग्यो आगो
    images
    images

    रामेछाप / चैत महिना सुरु हुने बित्तिकै रामेछापका जङ्गलहरूमा आगलागी सुरु भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै गोकुलगंगा गाउँपालिकाको बेतालीको जङ्गलमा पनि आगो लागेको छ । 

    images
    images

    शैलुङको जङ्गलमा शुक्रबारदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छाङखोला नजिकैबाट लागेको आगो अहिले शैलुङको जङ्गलमा लागि रहेको छ । 

    शनिबारबाट जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा पर्ने लिसेखानी सामुदायिक वन क्षेत्रमा पनि शनिबारबाट डढेलो लागेको छ । बस्ती नजिकैको जङ्गलमा सल्केको डढेलोको कारण केही घर समेत उच्च जोखिममा छन् ।

    betali jungle.JPG

    दुवै तर्फको डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय जुटिरहेका छन् । टोकरपुरको डढेलो ठुलो वन क्षेत्रमा फैलिएकोले नियन्त्रण बाहिर पुगेको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार