images
images

मजदुर संगठनहरुको हानलाई ध्यानाकर्षण पत्र, देशव्यापी अभियानको घोषणा

मजदुर संगठनहरुको हानलाई ध्यानाकर्षण पत्र, देशव्यापी अभियानको घोषणा

सोमवार, चैत ४ २०८१
सोमवार, चैत ४ २०८१
  • मजदुर संगठनहरुको हानलाई ध्यानाकर्षण पत्र, देशव्यापी अभियानको घोषणा
    images
    images
    images
    images

    काठमाडौं/  प्रमुख राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल (हान) लाई ध्यानाकर्षण पत्र बुझाएका छन्। 

    आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेकेन्द्र बहादुर महतलाई पत्र बुझाउँदै संगठनहरुले आगामी चैत २५ गतेसम्म अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।

    नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष कुमार पन्त, नेपाली कांग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलीले गत वैशाखमा पेश गरेको ६ बुँदे माग अहिलेसम्म सम्बोधन नहुनु दुःखद रहेको बताएका छन् ।

    हानका सीईओ महतले मजदुर संगठनको ध्यानाकर्षण पत्र ग्रहण गर्दै आफू मजदुरका मागहरूप्रति गम्भीर र सकारात्मक रहेको बताए। उनले सो पत्र हानको कार्यसमितिमा पेस गर्ने प्रतिबद्धता व्यक्त गरे।

    मजदुर संगठनहरुको प्रमुख मागहरू

    ध्यानाकर्षण पत्रमा उल्लेख गरिएअनुसार, मजदुर संगठनहरुले १७ वर्षदेखि खाइपाई आएको सेवाशुल्क अदालतको फैसलाबाट गुमेको विषय, नियमित काममा नियमित श्रमिकको सुनिश्चितता, श्रमिक अधिकारहरूको कानूनी पुनःस्थापना तथा सेवाशुल्कको पुनःप्राप्तिको माग राखेका छन्। नेपाल सरकार, हान तथा अन्य सरोकारवालालाई ज्ञापन पत्र बुझाउँदै श्रमिकहितमैत्री कानूनी व्यवस्था लागू गर्न आह्वान गरिएको छ।

    देशव्यापी अभियानको घोषणा

    मजदुर संगठनहरुले चैत ४ गतेदेखि देशव्यापी मजदुर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्। अभियानअन्तर्गत प्रधानमन्त्री, अर्थमन्त्री, श्रम तथा सामाजिक सुरक्षा मन्त्री, पर्यटन मन्त्री तथा सबै प्रमुख राजनीतिक दलका संसदीय कार्यालयमा ज्ञापन पत्र बुझाइनेछ। साथै, सरोकारवाला पक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।

    चैत २५ गते ट्रेड युनियन महासंघहरुको उपस्थितिमा काठमाडौंमा विशाल मजदुर सभा गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ। यदि सो मितिसम्म पनि सेवाशुल्क पुनःप्राप्तिको कानूनी व्यवस्था सुनिश्चित गरिएन भने मजदुर संगठनहरुले सशक्त आन्दोलनसहित अर्को चरणको संघर्षको घोषणा गर्ने चेतावनी दिएका छन्।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com