महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दसैँ अभियान २०२४’को विजेताहरू घोषणा, विजेतालाई विदेश भ्रमणको अवसर

महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दसैँ अभियान २०२४’को विजेताहरू घोषणा, विजेतालाई विदेश भ्रमणको अवसर

आइतवार, चैत १० २०८१
आइतवार, चैत १० २०८१
  • images
    images
    महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दसैँ अभियान २०२४’को विजेताहरू घोषणा, विजेतालाई विदेश भ्रमणको अवसर

    महालक्ष्मी विकास बैंकद्वारा डिजिटल बैकिङ्गको प्रवर्द्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सञ्चालन गरेको ‘नेपाल दसैं अभियान २०२४’को विजेताहरू घोषणा गरेको छ ।

    नेपालीहरूको महान चाड दसैँमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरूबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरूको अधिकतम प्रयोग होस् भन्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी  भिसा कार्डमार्फत कारोबार गरेका विजेताहरू घोषणा गरिएको हो । 

    विजेतहरू क्रमशM नारायण कार्की र सन्तोषध्वज कार्की रहेका छन् । यस अन्तर्गत विजेताहरूहरूले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बोमध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । 

    नेपालभरबाट उक्त अभियानमा ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियानबाट ग्राहकहरूको नविनतम भुक्तानीका माध्यमहरूको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ । 

    महालक्ष्मी विकास बैंकले एक विज्ञप्ति जारी गरी यस अभियानमा जोडिएका तथा विजेता बन्न सफल भएका प्रयोगकर्ताहरूलाई सम्रग बैंकको तर्फबाट हार्दिक आभार तथा बधाई ज्ञापन गरेको छ । 

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’सञ्चालनमा ल्याएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय