images
images

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस् विनिमय दर

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस् विनिमय दर

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस् विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
     
    त्यसैगरी युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५६ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४५, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
     
    जापानी येन १० को खरिददर ९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४ रुपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । 

    त्यसैगरी साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
     
    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५८ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
     
    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार