images
images

समृद्धि फाइनान्सद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • समृद्धि फाइनान्सद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ/ समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२५ को अवसरमा "Think before you follow, wise money tomorrow" नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्‍यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ। 

    वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर कम्पनीले विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरेको हो । वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, बुटवल शाखाले चैत ५ गते नेपाल राष्ट्र बैंक बुटवलद्वारा आयोजित र्‍यालीमा सहभागिता जनाएको छ।

    त्यसैगरी, चैत ८ गते नारायणगढ शाखाले बैंकर्स एसोसिएसन नारायणगढद्वारा आयोजित र्‍यालीमा, हेटौंडा शाखाले बैंकर्स एसोसिएसन हेटौंडाद्वारा आयोजित र्‍यालीमा, र जनकपुर शाखाले नेपाल राष्ट्र बैंक जनकपुरद्वारा आयोजित र्‍यालीमा सक्रिय सहभागिता जनाएको छ। सोही क्रममा, वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिएको कम्पनीले जनाएको छ । 

    कम्पनीले चैत ६ गते पुतलीसडक शाखाले काम्यक स्कूलका कक्षा ९ का ३१ विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी, चैत ७ गते पोखरा शाखाले श्री राम आधारभूत विद्यालय, पोखरा-०८ का २० शिक्षकहरूलाई वित्तीय साक्षरता प्रशिक्षण दिइएको थियो । 

    समृद्धि फाइनान्सको इटहरी शाखाले चैत ८ गते ग्रीनलाइफ स्टाइल मार्केटिङका ५० युवालाई वित्तीय सचेतना सम्बन्धी जानकारी गरायो, गैर शाखाले युनिभर्सल एकेडेमी, गैरका २५ विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दियो, बुटवल शाखाले २८ युवा व्यवसायीलाई वित्तीय योजना र व्यवस्थापनबारे प्रशिक्षण गर्यो, र मधुबन शाखाले माउन्ट भ्यू इंग्लिस बोर्डिङ स्कुलका ४० विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । 

    त्यस्तै, कम्पनीले चैत १० गते बनेपा शाखाले चैतन्य कलेजका कक्षा १२ का विद्यार्थीका लागि वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको थियो । औऱही शाखाले द सनराइज बोर्डिङ स्कूलका ४५ विद्यार्थीलाई तथा खरेन्द्रपुर शाखाले समयाथान माध्यमिक विद्यालय, शिवराज(४, खरेन्द्रपुरका ४५ विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । 

    समृद्धि फाइनान्सले वित्तीय सचेतना वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। वित्तीय ज्ञान र सचेतनाले मात्र भविष्यलाई सुरक्षित बनाउन सकिन्छ भन्ने सन्देश दिँदै, संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

    नेपाल राष्ट्र बैंकबाट ‘ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर टिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेविट कार्ड, क्यूआर कोड  जस्ता डिजिटल सुविधाहरू  प्रदान 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार