images
images

सरकारले कुलमानलाई गर्यो पदमुक्त, विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव नियुक्त

सरकारले कुलमानलाई गर्यो पदमुक्त, विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव नियुक्त

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • सरकारले कुलमानलाई गर्यो पदमुक्त, विद्युत प्राधिकरणको निर्देशकमा हितेन्द्रदेव नियुक्त
    images
    images

    काठमाडौँ / सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्दै सो जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएको हो । 

    घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले नै उनलाई पदबाट हटाउन सक्ने भनिएको थियो । अन्ततः सरकारसँगको लामो द्वन्द्वपछि सरकारले उनलाई पदमुक्र गरेको हो । 

    यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत कुलमानलाई ७२ घण्टे स्पष्टीकरणसमेत सोधिएको थियो ।

    उर्जामन्त्री खड्काले मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्याङ्कनका लागि समयमा विवरण नबुझाएकोले शून्य अङ्क दिइएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएको आरोप लगाएका थिए । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार