काठमाडौँ / सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।
सिफारिस समिति सदस्यहरूमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहेका छन्। हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ। यससँगै गभर्नर आकांक्षीहरूले सक्रियता बढाइरहेका छन् भने सरकारले पनि तयारी अघि बढाएको छ ।