images
Logo
images
images
images

आइतबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र इनाम प्राप्त हुने अवसर ?

आइतबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र इनाम प्राप्त हुने अवसर ?

आइतवार, चैत २४ २०८१
आइतवार, चैत २४ २०८१
  • आइतबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र इनाम प्राप्त हुने अवसर ?
    images
    images
    images
    images

    आज विक्रम संवत २०८१ साल चैत्र २४ गते, आइतबार, तदनुसार ईश्वी सन् २०२५ अप्रिल ६ तारिख, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४६, चैत्र शुक्लपक्ष, नवमी तिथी, बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त दशमी, पुनर्वशु नक्षत्र, आनन्दादिमा-ध्वज योग, चन्द्रराशि-कर्कट । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सवारी साधत तथा अटोमोवाइल्ससम्बन्धी व्यवसायीहरूको लागि आजको समय फलदायी रहेको छ । खाद्यान्न तथा मेडिकलसम्बन्धी सामानको व्यापार व्यवसाय फस्टाउने योग छ । आज व्यापार व्यवसायमा आफन्तको सहयोग मिल्नेछ । आज कुनै पनि निर्णय लिनुअघि राम्रोसँग सोचविचार गर्नुहोस् । विशेष योजना गोप्य राख्नुहोस् । दिगो फाइदा हुने काम सुरु गर्नसकिनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कला, साहित्यको क्षेत्रमा नाम, दाम र प्रष्तिष्ठा कमाउन सकिनेछ । महत्त्वकांक्षी योजना कार्यान्वयन गरेर आर्थिक स्रोत बृद्धि गर्न सकिनेछ । हिम्मतले सुरु गरेका कामबाट लक्ष्य प्राप्त गर्नसकिनेछ । रोकिएको काम बन्नेछ भने नयाँ काम सुरु गर्ने समय छ । कृषि, पशुपालन, उद्योगधन्दा तथा व्यापारबाटसमेत फाइदा लिन सकिनेछ । प्रशस्त धन आर्जन गर्न सकिने हुँदा आर्थिक पक्ष सबल रहनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार व्यवसाय फस्टाउने र लगानी बढाउने समय छ । कार्यक्षेत्रमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ । आफन्तसँग सुरु गरिएको व्यापार व्यवसाय फस्टाउने समय छ । आर्थिक पक्ष सामान्य छ । कडा परिश्रमले मानसम्मान दिलाउनेछ । बुद्धिको उपयोगले अरुको उपकार हुने र आर्थिक पक्ष सुधार गर्न सकिने समय छ । आयआर्जनको स्रोत बृद्धि हुनेछ । रोकिएको रकम हात पर्ने समय छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    छोटो समयमा उपलब्धिमूलक काम सम्पादन हुनेछ भने रोकिएको काम बन्नेछ । व्यापार व्यवसायबाट प्रशस्त मुनाफा लिन सकिनेछ भने अरुको सहयोग मिल्नेछ । पहिलेको सफलताले नयाँ काम सुरु गर्न हौसला मिल्नेछ भने लगानीको वातावरण मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । आज गरिएको कामबाट नाम, दाम र इनाम कमाउन सकिनेछ । आँटेको काम समयमै सम्पादन हुनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    वैदेशिक रोजगारमा रहनेहरू र विदेशी सामानको व्यापार गर्नेहरूका लागि आजको समय राम्रो रहेको छ भने व्यापार व्यवसायबाट पनि मनग्य लाभ हुनेछ । आर्थिक अवस्था सुधार गर्न गरिएको पेसा व्यवसायबाट दैनिक खर्च जुटाउन सकिनेछ भने केही धन सञ्चित पनि गर्न सकिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ । खर्च लागे पनि यात्राको सम्भावना छ । दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार व्यवसायबाट मनग्य धनलाभ गर्न सकिनेछ । आयआर्जन बढ्नेछ । भौतिक सम्पत्ति जोड्न सकिनेछ । विभिन्न उपहार प्राप्त हुने योग छ । नयाँ काम गरेर आम्दानीको स्रोत बृद्धि गर्न सकिनेछ । सरकारी सम्पत्ति र पैतृक सम्पत्ति हात पर्ने समय छ । आश मारेको काम बन्नेछ भने पेसा व्यवसायबाट फाइदा लिन सकिनेछ । लामो समयदेखि रोकिएको काम बन्नेछ । कीर्तिमानी काम गरेर दाम, नाम र इनाम कमाउने समय छ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार व्यवसायमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिनेछ । कला र मनोरञ्जनको क्षेत्रमा लगानी गर्नेहरूले नाम र दाम दुबै कमाउन सकिनेछ । हिम्मतले चुनौतिपूर्ण काम सम्पादन गर्न सकिनेछ । आर्थिक पक्ष सबल हुने काम सुरु गर्न सकिने समय छ । पद–प्रतिष्ठा प्राप्त गर्ने सकिनेछ । तारिफयोग्य काम सुरु गर्न सकिनेछ । विशेया योजना कार्यान्वयन गर्न सकिने समय छ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज भाग्य तथा समयमा साथ दिने हुँदा आँटेको काम सहजै सम्पादन हुनेछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्य धन आर्जन गर्न सकिनेछ । यद्यपि, आज आश्वासन दिनेहरूले झुक्याउन सक्नेछन् । फाइदाको स्रोत पहिचात गर्न सकिनेछ । दैनिक कामलाई निरन्तरता दिनेछ । शिक्षा र धार्मिक क्षेत्रमा गरिएको लगानीबाट मनग्य लाभ लिन सकिनेछ । अनुसन्धानमूलक काममा पनि पनि सफलता मिल्नेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आकस्मिक धनलाभको योग भए पनि आज सोचविचार गरेर मात्रै बोल्नुहोला । बोलीको विपरित अर्थ लाग्न सक्छ । आफ्नो मेहनतको प्रतिफल अरुले लिन सक्नेछन् । नसोचेको रकम हात पर्नेछ । व्यापार व्यवसायमा बृद्धि हुनेछ । लामो दुरीको यात्रा हुनसक्छ । गोपनीयता बाहिरिन सक्छ, सचेत हुनुहोला । पुराना समस्या दोहोरिन सक्छ । कामको चाप बढ्न सक्छ भने आफन्तको सहयोग मिल्नेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाउनेछ भने मनग्य लाभ हुने काम सुरु गर्न सकिनेछ । सौख र भौतिक साधनले खर्च बढाउनेछ । अरुको भर पर्दा महत्त्वपूर्ण काम रोकिन सक्छ । यद्यपि आज प्रयत्न गर्दा गुमको प्रतिष्ठा प्राप्त गर्न सकिनेछ । यात्रा र मनोरञ्जनमा समय बित्नेछ । बौद्धिकताको उपयोगले समस्या सुल्झाउन सकिनेछ । मनग्य फाइदा हुने काम सुरु गर्न सकिने समय छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कार्यक्षत्रेमा सोचेअनुसार काम सम्पादन हुँदा उत्साह बढ्नेछ । व्यापार व्यवसायमा लगानी बढाउदा मनग्य धन लाभ हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । रोकिएको काम बन्ने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि नतिजा तपाईँकै पक्षमा आउनेछ । पहिलेको कमजोरी सुधार्न सकिनेछ । वैदेशिक यात्रा सुरु गर्न सकिने समय छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापार व्यवसायमा मेहनतले अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा श्रमको उचित मूल्याङ्कन हुनेछ । पहिले गरेका कामबाट फाइदा मिल्ने योग छ । सौख र विलासिताले खर्च बढाउनेछ भने भौतिक सम्पत्ति र उपहार प्राप्त हुनेछ । वैदेशिक रोजगारीमा हुनेहरूका लागि आजको दिन राम्रो छ । अवसर प्राप्त भए पनि समय चुनौतिपूर्ण छ । मेहनत गरेअुनसार काम नबन्दा निराश भइनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com