images
images

२०४६ साल अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानविन गरौँः सांसद पन्थ

२०४६ साल अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानविन गरौँः सांसद पन्थ

मंगलवार, भदौ ५ २०८०
मंगलवार, भदौ ५ २०८०
  • २०४६ साल अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानविन गरौँः सांसद पन्थ

    काठमाडौँ / नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले २०४६ सालभन्दा अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिहरुको सम्पती छानविन गर्न माग गरेका छन् । 

    images
    images

    मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले हालसम्मका सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबैको सम्पती छानविन गर्नुपर्ने बताएका हुन् । 

    उनले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्यका साथ ०४६ सालपछिका व्यक्तिहरुको सम्पति छानविन गर्ने माग गरिएको भन्दै उनले ०४६ सालभन्दा अगाडीका पनि सबैको सम्पती छानविन हुनुपर्ने बताए । 

    उनले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्य अन्त्य गर्नका लागि पनि सबैको सम्पती छानविन गर्नु आवश्यक रहेको बताएका हुन् । 

    उनले ०४६ अघिको व्यक्ति र व्यवस्था ठिक नभएर नै परिवर्तन गर्नुपरेको उल्लेख गर्दै त्यस अघिका पनि सबैको छानविन हुनुपर्ने माग गरेका छन् । 

    ‘राजनीतिमा खराब मान्छे मात्रै छन् भन्ने र खराब मात्रै हुन्छ भन्ने भाष्य निर्माण भइरहेको छ । संविधान र व्यवस्था माथि प्रहार भइरहेको छ । यहाँ सबै खराब छन् भन्ने भाष्य निर्माण भइरहेको छ,’ उनले भने, ‘राजनीतिलाई सफा, आकर्षक र जिम्मेवार बनाउनु पनि अबको आवश्यकता हो । खराबको भीडमा असल मान्छे पनि त चिन्न सकिएन । त्यसैले पनि काण्डहरुको अनुसन्धान र छानविन हुन आवश्यक छ ।’ 

    सांसद पन्थले भ्रष्टाचारविरुद्ध सरकार निर्मम हुनुपर्ने बताए । विभिन्न काण्डहरु सेटिङमा मिल्नसक्ने भन्दै कुनैपनि काण्डहरुलाई ढिसमिस नगर्न उनले सरकारलाई अनुरोध गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार