images
images

सन नेपाल लाइफको आईपीओ भोलि बाँडफााट हुने, कति हजारको हात खाली होला ?

सन नेपाल लाइफको आईपीओ भोलि बाँडफााट हुने, कति हजारको हात खाली होला ?

बिहिवार, भदौ १४ २०८०
बिहिवार, भदौ १४ २०८०
  • सन नेपाल लाइफको आईपीओ भोलि बाँडफााट हुने, कति हजारको हात खाली होला ?

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ भोलि शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले उक्त आईपीओ शुक्रवार बिहान ८ बजे बाँडफाँट हुने जानकारी दिएको हो । 

    images
    images

    कम्पनीको आईपीओमा १५ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्गको अन्तिम तथ्यांक अनुसार १५ लाख ८० हजार ४९० जनाले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् ।

    यस हिसावमा योग्य आवेदक ७ लाख ६८ हजार जनाले १० कित्ताका दरले आईपीओ हात पार्नेछन् । ८ लाख १२ हजार ४९० जनाको भने हात खाली हुनेछ । 

    कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणको लागि विक्रीमा ल्याएको थियो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    कम्पनीले सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ ।

    प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । यीबाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार