images
images

सन नेपाल लाइफको आईपीओ बाँडफाँट, ७ लाख ६८ हजारले पाए १० कित्ता, नतिजा यी चार तरिकाबाट हेर्न सकिने

सन नेपाल लाइफको आईपीओ बाँडफाँट, ७ लाख ६८ हजारले पाए १० कित्ता, नतिजा यी चार तरिकाबाट हेर्न सकिने

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • सन नेपाल लाइफको आईपीओ बाँडफाँट, ७ लाख ६८ हजारले पाए १० कित्ता, नतिजा यी चार तरिकाबाट हेर्न सकिने

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । भदौ १५ गते विहान विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय ठमेल, काठमाडौंमा एक कार्यक्रमकाबीच आईपीओ बाँडफाँट गरिएको हो ।

    images
    images

    कम्पनीको आईपीओ भाग्यमानी ७ लाख ६८ हजार जना भाग्यमानी आवेदकहरूले मात्र १० कित्ताका दरले हात पारेका छन् । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य समेत प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ विक्री गरेको हो ।

    सर्वसाधारणमा उक्त आईपीओ साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो । विक्री प्रबन्धकले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि तोकिएको अवधिसम्म १४ लाख ६६ हजार ८६२ जनाको आवेदन परेको थियो । यी आवेदकहरूबाट १ करोड ६३ लाख ५८ हजार २१० कित्ता शेयर माग भएको विक्री प्रबन्धकको भनाई छ ।

    यी मध्ये रितपूर्वक नभएको भन्दै ६ हजार ८०१ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथाको माध्यमाबाट भएको बाँडफाँटमा सहभागी गराईएको थियो ।
    कम्नपीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानीकोषहरूमा आईपीओ बाँडफााट गरिसकेको छ । 

    कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न नेपा
    ल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
    सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरू र ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूमा यस अघिनै बाँडफाँट गरिएको हो । कर्मचारीहरूमा भने प्रतिकित्तँ १०० रूपैयाँ अंकित मूल्यमै आईपीओ बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धकले दिएको छ । 

    नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै रहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।

    नतिजा यी चार तरिकाबाट हेर्न सकिने

    जसअनुसार विक्री प्रबन्धकको वेबसाइट, कम्पनीको वेबसाइट, सिडिएसको वेभसाइट र सिडिीएसीले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट हेर्न सकिनेछ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट nsmbl.com.np र मेरो शेयर https://meroshare.cdsc.com.np/#/login बाट, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट sunlife.com.np  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार