images
images

गत साता नेप्से परिसूचक २०.५४ अङ्कले घट्दा कारोबार ४ अर्ब २४ करोडमा सीमित, यो साता के होला ?

गत साता नेप्से परिसूचक २०.५४ अङ्कले घट्दा कारोबार ४ अर्ब २४ करोडमा सीमित, यो साता के होला ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • images
    images
    गत साता नेप्से परिसूचक २०.५४ अङ्कले घट्दा कारोबार ४ अर्ब २४ करोडमा सीमित, यो साता के होला ?

    काठमाडौँ / गत साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ। कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा गत साता चार दिनमा कुल रु चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको थियो। 

    images
    images

    साताको पहिलो दिन आइतबार परिसूचक २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ पुगेको बजारमा रु एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्य बराबरको कारोबार भएको थियो। यस दिन कुल दुई सय ८० कम्पनीका ३८ लाख ९५ हजार दुई सय ३६ इकाई सेयर कारोबार भएका थिए।

    त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक पाँच दशमलव ०९ ले बढेर एक हजार नौ सय ९८ दशमलव ४८ पुगेको बजारमा रु ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ मूल्य बराबराको कारोबार भएको थियो। 

    यस दिन कुल दुई सय ७९ कम्पनीका ३७ लाख ७९ हजार सात सय ३१ कित्ता सेयर कारोबार भएका थिए। कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो। मङ्गलबार नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको थियो। 

    यस दिन दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता सेयर २९ हजार छ सय ४० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिन पुगेको थियो।

    त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक दुई दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय ९० दशमलव ५९ अङ्कमा कायम भएको छ। 

    कुल दुई सय ७६ कम्पनीको ३८ लाख तीन हजार दुई सय ४४ कित्ता सेयर ३२ हजार दुई सय ९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु एक अर्ब १३ करोड आठ हजार ४१ पुगेको थियो। यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो।

    यो साता पनि सेयर बजार करेक्सन हुँदै माथि जाने सम्भावना रहेको लगानीकर्ताहरूको अनुमान छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार