images
images

सन नेपाल लाइफको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

सन नेपाल लाइफको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • सन नेपाल लाइफको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) माआज मंगलवार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको छ । 

    images
    images

    कम्पनीको कुल ३ करोड २० लाख कित्ता आइपीओ सूचिकृत भएको हो । कम्पनीको शेयर स्टक सिम्बोल एसएनएलआई रहेको छ ।

    कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि नेप्सले प्रतिकित्ता १८५ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्म ओपन रेञ्ज तोकेको छ । 

    यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर बिहीवार देखि कारोबारमा आउनेछ । भोलि सार्वजनिक विदा भएकाले अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा असोज ४ गते बिहीवार देखि कारोबारमा आउनेछ ।

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाल सामुहिक लगानी कोष,कर्मचारहरुलाई वितरण गरेको ९६ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता गरेर कुल ३ करोड २० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

    शेयर सूचीकरण पश्चात कम्पनीले दिनुपर्ने आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड ठमेल काठमाडौँबाट हुने समेत यसै सूचना मार्फत कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार