images
images

भैँसीले साढे दुई तोला सुनको मङ्गलसूत्र निलेपछि...

भैँसीले साढे दुई तोला सुनको मङ्गलसूत्र निलेपछि...

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • images
    images
    भैँसीले साढे दुई तोला सुनको मङ्गलसूत्र निलेपछि...

    भारतको महाराष्ट्रको वाशिम जिल्लाबाट एउटा अनौठो घटना सार्वजनिक आएको छ । वाशिम जिल्लास्थित सरसी गाउँमा एउटा भैँसीले भारतीय रुपैयाँ १ लाख २५ हजार बराबरको साढे दुई तोलाको मङ्गलसुत्र निलेको छ । 

    images
    images

    किसान रामहरीकी श्रीमतीको असावधनीका कारण उक्त घट्ना घटेको बताइएको छ । किसान पत्नी नुहाउन जाँदा मङ्गलसूत्रमा भटमास र बदामको गोला लुकाएकी थिइन् । नुहाईसकेपछि उनले त्यही बोक्राको भाँडालाई भैँसीको अगाडि खानका लागि राखिन् र घरायसी काम गर्न थालिन् । 

    डेढ-दुई घन्टापछि उनलाई आफ्नो घाँटीमा मङ्गलसूत्र नभएको थाहा भयो । धेरै बेर खोजेपछि मङ्गलसूत्र भाँडामा राखेको याद आयो । उनी दौडेर भैँसी भए ठाउँमा पुगिन् तर भैँसीले बोक्रा दिएको उक्त भाँडा रित्याइसकेको थियो । उनले तुरुन्तै श्रीमानलाई यो कुरा सुनाइन् । कृषक रामहरि भोयरले वाशिमका भेटेरिनरी अधिकृत बालासाहेब काउण्डानेलाई फोनमा सबै समस्या सुनाए । चिकित्सकले उक्त भैँसी ल्याउन भने । 

    किसान रामहरि आफ्नो भैँसी लिएर वाशिमको पशुपालन कार्यालय पुगे । डाक्टरले मेटल डिटेक्टरबाट भैँसीको पेट जाँच गर्दा पेटमा धातुजन्य पदार्थ रहेको पाइएको थियो । भोलिपल्ट भैँसीको पेटको शल्यक्रिया गरिएको थियो ।

    टच स्टिचको यो शल्यक्रिया दुईदेखि साढे दुई घण्टासम्म चलेको भेटेरिनरी अधिकृत डा. बालासाहेब काउण्डानेले बताए । त्यसपछि भैँसीको पेटबाट सुनको मङ्गलसूत्र निकालियो । चिकित्सकले शल्यक्रिया गरी भैँसीको पेटमा भएको साढे दुई तोलाको मङ्गलसूत्र निकाले । यो शल्यक्रियापछि भैँसीलाई ६५ वटा टाँका लगाइएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार