images
images

गरिब देशका एक व्यक्तिले पिउँछन्  १५ लिटरभन्दा बढी रक्सी, कुवेतमा खपत शून्य !

गरिब देशका एक व्यक्तिले पिउँछन्  १५ लिटरभन्दा बढी रक्सी, कुवेतमा खपत शून्य !

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • गरिब देशका एक व्यक्तिले पिउँछन्  १५ लिटरभन्दा बढी रक्सी, कुवेतमा खपत शून्य !

    मोल्डोभालाई युरोपको सबैभन्दा गरिब देश मानिन्छ। यस देशमा प्रतिव्यक्ति जीडीपी लगभग ४ हजार ५ सय डलर छ।

    images
    images
    images
    images

    तर, प्रतिव्यक्ति मदिरा खपतका हिसाबले यो देश विश्वमा पहिलो स्थानमा छ । पूर्वी युरोपको यो देश कुनै समय सोभियत संघको हिस्सा पनि थियो।

    यसको क्षेत्रफल ३३ हजार ८४६वर्ग किलोमिटर छ र जनसंख्या लगभग २५ लाख छ। यस देशमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १५.२ लिटर छ, जुन विश्वमा सबैभन्दा बढी हो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । 

    लिथुआनिया दोस्रो स्थानमा 

    प्रतिव्यक्ति मदिरा खपतमा लिथुआनिया दोस्रो स्थानमा छ । यो देशमा हरेक वयस्क मानिसले एक वर्षमा १५ लिटर रक्सी पिउने गरेको छ ।

    अन्य कुन देशमा कति ? 

    चेक गणतन्त्रमा वार्षिक प्रतिव्यक्ति मदिरा खपत १४.४ लिटर रहेको छ । यस्तै, सेशेल्समा १३.८ लिटर, जर्मनीमा १३.४ लिटर, नाइजेरियामा १३.४ लिटर, लाटभियामा १२.९ लिटर, बुल्गेरियामा १२.७ लिटर, फ्रान्समा १२.६ लिटर र पोर्टमा १२ लिटर रहेको उक्त प्रतिवेदनले देखाएको हो । 

    त्यसैगरी, बेल्जियम, रुस, अस्ट्रिया, इस्टोनिया, पोल्याण्ड, स्विजरल्याण्ड, बेलायत, उरुग्वे, फिनल्याण्ड, अष्ट्रेलिया, डेनमार्क, ग्रीस, दक्षिण कोरिया र स्पेन जस्ता देशहरूमा मदिराको प्रतिव्यक्ति वार्षिक खपत १० लिटरभन्दा बढी छ।

    अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, चिली, दक्षिण अफ्रिका, स्वीडेन, आइसल्याण्ड, क्यानडा, नेदरल्याण्ड, युक्रेन, थाइल्याण्ड, जापान, ब्राजिल, काजाकिस्तान, इटाली, नर्वे, चीन, कम्बोडिया, फिलिपिन्स, मेक्सिको र कोलम्बियामा प्रत्येक वयस्क व्यक्तिले बार्षिक पाँच लिटरभन्दा बढी रक्सी पिउने गरेका छन् । 

    यस्तै, भारतमा यो ५.७ लिटर छ। इस्लामिक देशहरू यो सूचीको पुछारमा छन् भने, कुवेतमा रक्सीको खपत शून्य छ। साउदी अरबमा प्रतिव्यक्ति रक्सीको वार्षिक खपत ०.२ लिटर छ भने पाकिस्तानमा ०.३ लिटर छ।

    इजिप्टमा ०.४ लिटर, नाइजरमा ०.५ लिटर, इन्डोनेसियामा ०.८ लिटर, इरानमा १ लिटर, टर्कीमा दुई लिटर, सिङ्गापुरमा २.५ लिटर, युएईमा ३.८ लिटर, उत्तर कोरियामा ३.९ लिटर र भेनेजुएलामा ५.६ लिटर छ।

    Pure alcohol consumption (litres) per adult 15 years of age and over per year:

    Moldova: 15.2
    Lithuania: 15.0
    Czechia: 14.4
    Seychelles: 13.8
    Germany: 13.4
    Nigeria: 13.4
    Ireland: 13.0
    Latvia: 12.9
    Bulgaria: 12.7
    France: 12.6
    Portugal: 12.3
    Belgium: 12.1
    Russia: 11.7
    Austria: 11.6
    Estonia: 11.6
    Poland: 11.6
    Switzerland: 11.5
    UK: 11.4
    Uruguay: 10.8
    Finland: 10.7
    Australia: 10.6
    Denmark: 10.4
    Greece: 10.4
    South Korea: 10.2
    Spain: 10.0
    Argentina: 9.8
    USA: 9.8
    Chile: 9.3
    South Africa: 9.3
    Sweden: 9.2
    Iceland: 9.1
    Canada: 8.9
    Netherlands: 8.7
    Ukraine: 8.6
    Thailand: 8.3
    Japan: 8.0
    Brazil: 7.8
    Kazakhstan: 7.7
    Italy: 7.5
    Norway: 7.5
    China: 7.2
    Cambodia: 6.7
    Philippines: 6.6
    Mexico: 6.5
    Colombia: 5.8
    India: 5.7
    Venezuela: 5.6
    North Korea: 3.9
    Israel: 3.8
    UAE: 3.8
    Singapore: 2.5
    Turkey: 2.0
    Iran: 1.0
    Indonesia: 0.8
    Niger: 0.5
    Egypt: 0.4
    Pakistan: 0.3
    Saudi Arabia: 0.2
    Kuwait: 0.0

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार