images
images

जिउँदै आफ्नो ‘मृत्यु संस्कार’ गर्ने व्यक्तिको दुई दिनपछि मृत्यु, कार्ड बाँडेर खुवाएका थिए ८ सयलाई मृत्यु भोज

जिउँदै आफ्नो ‘मृत्यु संस्कार’ गर्ने व्यक्तिको दुई दिनपछि मृत्यु, कार्ड बाँडेर खुवाएका थिए ८ सयलाई मृत्यु भोज

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • images
    images
    जिउँदै आफ्नो ‘मृत्यु संस्कार’ गर्ने व्यक्तिको दुई दिनपछि मृत्यु, कार्ड बाँडेर खुवाएका थिए ८ सयलाई मृत्यु भोज

    उत्तर प्रदेशको एटामा जिउँदै अन्तिम संस्कार गर्ने व्यक्तिको मृत्यु भएको छ । उनको तेह्रौँ दिनको तिथिमा सयौँ मानिस आएका थिए । यद्यपि, त्यतिबेला उनले यति छिट्टै संसारलाई अलविदा गर्नेछन् भन्ने कसैलाई थाहा थिएन । 

    images
    images

    दुई दिनअघि खुशी खुशी आफ्नै मृत्यु भोज खुवाएको मान्छेको मृत्यु हुँदा गाउँलेसमेत चकित छन् । एटा निवासी वृद्ध हाकिम सिंहको १५ जनवरीमा नै अन्तिम संस्कार गरिएको थियो । 

    जिउँदै तेह्रौँ र पिण्ड दान गर्नुको कारण बताउँदै हाकिमले आफुले परिवारका सदस्यहरुबाट विश्वास गुमाएको बताए । “मलाई थाहा छैन मेरो मृत्युपछि मलाई सम्मान गर्छन् कि गर्दैन। त्यसैले, उनले जीवित रहँदा सबै प्रक्रियाहरू पूरा गरेँ,” उनले भनेका थिए।

    उक्त घटनाको तेस्रो दिनमा हाकिम सिंहको निधन भएको छ । सायद हाकिमलाई उनको मृत्युको पूर्वसूचना भएको हुनसक्ने गाउँलेको भनाइ छ । हाकिमको मृत्यु स्वाभाविक भएको बताइएको छ । शव दाहसंस्कारका लागि लगिएको छ ।

    कार्ड वितरण गरेर मृत्यु भोज आयोजना 

    सकित नगरको मुन्शी नगर इलाकाका हाकिम सिंहले आफ्नो तेह्रौँ दिनको तिथिको लागि कार्ड छापेर निमन्त्रणा वितरण गरेका थिए, जसमा करिब ८०० जना सहभागी भएका थिए । यसअघि हाकिमले तेह्रौँ दिनमा गरिने अनुष्ठान पूरा गरिसकेका थिए ।

    जानकारीका अनुसार हाकिम सिंहले बिहारकी एक युवतीसँग विवाह गरेका थिए । तर केही समयसँगै बसेपछि श्रीमतीले उनलाई छोडेर घर गइन् । हाकिमको कुनै सन्तान नभएको कारण उनको परिवारले जग्गा र घर कब्जा गर्यो। परिवारको व्यवहार देखेर उनी निकै विचलित भए ।

    घर र ५ बिघा खेतको लागि दाजुभाइ र भतिजाले बारम्बार कुटपिट गर्ने हाकिम सिंहले बताएका थिए । केही दिनअघि झगडामा उनको हात भाँचिएको थियो । यस्तो अवस्थामा मृत्युपछि मृत्यु संस्कार गर्ने कि नगर्ने विश्वास नभएको उनले बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार