images
images

ताप्लेजुङका किसानले भित्र्याउन थाले अलैँची, किसानलाई मूल्य घट्ला कि भन्ने चिन्ता

ताप्लेजुङका किसानले भित्र्याउन थाले अलैँची, किसानलाई मूल्य घट्ला कि भन्ने चिन्ता

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • ताप्लेजुङका किसानले भित्र्याउन थाले अलैँची, किसानलाई मूल्य घट्ला कि भन्ने चिन्ता

    फुङ्लिङ / ताप्लेजुङका किसानले अलैँची भित्र्याउन थालेका छन् । बेँसीदेखि लेकाली क्षेत्रका किसानले लगाएको अलैँची टिपाइ गरेर घर भित्र्याउन थालेका हुन् ।    

    images
    images

    कालोसुनको उपनाम पाएको अलैँची ताप्लेजुङमा टिपाइ सुरु भएको छ । फक्ताङलुङ गाउँपालिका–६ का विर्ख लिम्बू लामो समयपछि अलैँचीको मूल्यमा सुधार आएसँगै उत्साहित छन् । उनको अलैँची बगान घरदेखि निकै टाढा पर्छ, त्यसैले केही समयसम्मलाई पुग्ने रासनपानी लिएर अलैँची टिप्न घरबाट निस्केका हुन् ।

    अलैँची बगानमा टिप्ने, छराउने र सुकाउने काम सकाएर मात्र लिम्बू घर फर्किने योजनाका साथ अलैँची बगानमा बसेका हुन् । उनले भने, “बुधबारदेखि बेँसीमा भएको बगानमा अलैँची टिप्न सुरु गरेको छु । अहिले सबैको टिपाइ सुरु भएको छ खेताला पाइँदैन ।” 

    अहिले सबै किसानलाई अलैँची टिप्न भ्याइनभ्यइ छ । खेताला पाउन निकै मुस्किल छ । त्यसैले लिम्बू दसैँ तिहार पनि अलैँची बगानमै मनाउने सोचमा पुगेको उनले बताए । गत वर्ष लिम्बूले १६ मन (४० केजीको एक मन) जम्मा गरेका थिए । उनले भने, “अहिले अलैँचीको राम्रो बजार मूल्य आएको छ तर विगतको जस्तो फल छैन ।”

    सोही गाउँका सुरेश फेम्बू पनि घर छोडेर अलैँची बगानमै बस्न थालेका छन् । उनी साँझ बिहान अलैँची बगानमै व्यस्त छन् । फेम्बूलाई दुई वटा कुरामा चिन्ता छ । पहिलो पाकेको अलैँची समयमै टिप्न सकिएन भने विभिन्न जनवारले खाइन्छ । त्यसैले अलैँची टिप्नका व्यस्तता बढाएको छ भने, अर्को अहिले अलैँचीको बजार मूल्यमा घट्ने पो हो कि भन्ने चिन्ताले गर्दा समेत फेम्बूलाई बगानमै बसेर छिट्टै टिप्न सकाउने योजनामा लागेका छन् । 

    मेरिङदेन गाउँपालिका–५ नाल्बुका विमना लिम्बूले केही समय अगाडि आफ्नो परिवारको लागि मात्र खाना बनाउथिन् तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाको लागि उनी बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूले अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाएकी छन् । 

    अलैँची टिप्ने खेतलालाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खानखान समय हुन्छ । आँखा देखुञ्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझ बिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई रु पाँच सयदेखि छ सय ५० ज्याला दिनुपर्दछ । लिम्बू बिहानदेखि बेलुकासम्म खेतालाको खाना खाजा बनाउनमा व्यस्तता बढेको हो । 

    उनले भनिन्, “अहिले अलैँची टिपाइ सुरु भएको कात्तिक अन्तिमसम्म यस्तै व्यस्तता हुनेछ ।” सिरिजङ्गा गाउँपालिका–६ मा मांखेका हर्क माबो कसरी आफ्नो अलैँची बगान छिटोभन्दा छिटो टिप्न सकाउने भन्ने योजनामा छन् । ढिलो टिपाइ भयो भने अहिलेको बजार मूल्य घट्ने हो कि भन्न चिन्ता लागिरहेको छ । त्यसैले झरी बाँदल नभनी उनी बगानै अलैँची टिप्नमा व्यस्त छन् । 

    यी त केही प्रतिनिधि पात्र हुन् । अहिले ताप्लेजुङका किसान घरमा भेटिन मुस्किल भएको छ । पल्लो डाँडा ओल्लो डाँडामा रहेको अलैँची बगानमा हो हल्ला, गीत गाउँदै अलैँची बगानमा अलैँची टिप्दै गरेको भेट्न सकिन्छ । घर नजिकै बगान हुने साँझमा घर फर्किन्छन्, भने घरदेखि धेरै टाढा बगान हुने साँझमा घर फर्किँदिनन् । उतै बगानमा पाल टाङ्गेर बस्ने गर्दछन् । दिन भर टिपेको अलैँचीको बेलुका ढुङ्गाबाट दाना छोडाउनुपर्दछ । 

    अलैँची थन्क्याउने मौसम भएकाले अहिले किसान टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेका तथा सहर पसेका किसान अलैँची पाक्न थालेपछि गाउँ फर्किएका छन् । हिजोआज गाउँमै रहेका र बाहिरबाट फर्किएका किसान अलैँची टिप्नमा व्यस्त बनेका हुन् ।

    किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ ।

    यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखिमाथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । 

    ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुनेगरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।

    बुधबार ताप्लेजुङमा प्रतिमन (४० केजी)को पाँच हजार चार सयदेखि रु ५५ हजारमा खरिद बिक्री भइरहेको अलैँची व्यावसायी दिनेश अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार