images
images

किसानलाई प्रोत्साहन गर्न दसैँको अवसरमा खसीबोका प्रदर्शनी

किसानलाई प्रोत्साहन गर्न दसैँको अवसरमा खसीबोका प्रदर्शनी

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    किसानलाई प्रोत्साहन गर्न दसैँको अवसरमा खसीबोका प्रदर्शनी

    गण्डकी / दसैँको अवसर पारी पोखरा महानगरपालिकाको आयोजनामा तेस्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । बाख्रपालन व्यवसायलाई प्रोत्साहित गर्दै यसतर्फ आकर्षण बढाउने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २८ को सौर्यबजारमा यही असोज ३० गते खसीबोका प्रदर्शनी गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

    images
    images

    यसअघि पनि सोही स्थानमा महानगरपालिकाको आयोजनामा २०७६ सालको दसैँ र गत वर्ष खसीबोका प्रदर्शनी गरिएको जानकारी दिदै उनले गत वर्ष स्थानीय किसानका ६५ वटा खसीबोका प्रदर्शनीमा राखिएको बताए ।

    किसानले पालेका खसीबोकाको उचित मूल्यसहित बजारीकरणका साथै पशुपालनलाई  प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको उनले बताए । महानगरपालिकाले उक्त क्षेत्रमा व्यावसायिक बाख्रापालनका लागि अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।    

    प्रदर्शनीमा कृषकले खसीबोका निःशुल्क राख्न पाउने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा एकै घरबाट धैरै सङ्ख्यामा र ठूला खसीबोका बोका ल्याउनेका लागि प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको प्रमुख अधिकारीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार