images
images

एशियन पेन्ट्स र नेपाल एसबिआई बैंकबिच च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्झौता, के हो यो ?

एशियन पेन्ट्स र नेपाल एसबिआई बैंकबिच च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्झौता, के हो यो ?

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • एशियन पेन्ट्स र नेपाल एसबिआई बैंकबिच च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्झौता, के हो यो ?

    काठमाडौँ / एशियन पेन्ट्स नेपाल र नेपाल एसबिआई बैंकबीच हालसालै एक सम्झौता भएको छ । नेपालभर रहेका एशियन पेन्ट्सका डिलरहरूलाई च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्बन्धमा सो सम्झौता भएको हो । 

    सम्झौता पत्रमा एशियन पेन्ट्स नेपालको तर्फबाट कन्ट्रि डाइरेक्टर गोपालकृष्णन्जि र नेपाल एसबिआई बैंकका एमडी तथा सीईओ दीपक कुमार डेले काठमाडौँमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका थिए । 

    सो अवसरमा च्यानल फाइनान्सिङ–कठिन परिस्थितिमा व्यावसायिक सशक्तिकरण सुस्त आर्थिक अवस्था र समग्र बैंकिङ्ग तरलतामा देखा परेको संकटको सामना गर्दै नेपालले अहिले विभिन्न आर्थिक चुनौतीहरुको अवस्थाबाट गुज्रिरहेको कम्पनीले जनाएको छ ।

    निर्माण क्षेत्र, जुन विकासको प्रमुख आधार हो, त्यसमा समेत पर्याप्त तरलता अभावको कारण मन्दी छाएको छ । 

    यसबाट पेन्ट व्यवसाय समेत गहन मारमा परेको छ भने निर्माण क्षेत्र र समयमै वक्यौता असुलीमा समेत असर पर्न गएको छ । उद्यपि, यी विविध कठिनाइहरुका बावजुद पनि डिलरहरुको हितमा ‘च्यानल फाइनान्सिङ’ एक आशाको रुपमा देखा परेको कम्पनीको भनाइ छ ।

    च्यानल फाइनान्सिङ एक त्यस्तो कार्यक्रम हो, जसले बैंकहरुबाट अत्यावश्यक तरलता सहायता प्रदान गर्दछ, र अहिलेको चुनौतीपूर्ण अवस्थामा चालू पूँजीको व्यवस्था गर्न समस्या परिरहेका व्यवसायहरुलाई टेवा प्रदान गर्दछ । 

    कम्पनीका अनुसार डिलरहरुले अब प्रतिस्पर्धात्मक ब्याजदरमा आवश्यक रकमको व्यवस्था गर्न सक्दछन् जसबाट उनीहरु आर्थिक मन्दीमा अझ प्रभावकारी ढँगबाट अघि बढ्न सक्षम हुनेछन् । 

    “थप के छ भने, यो कार्यक्रमले डिलरहरुलाई धरौटी राखेर अधिक कर्जा सीमाहरुको पनि व्यवस्था गरिदिएको छ । यो कर्जा विस्तारका विकल्पहरुले डिलरहरुलाई उनीहरुको व्यवसाय कायम राख्न र त्यस्को वृद्धि गर्न आवश्यक लचकता प्रदान गर्दछ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यसका अतिरिक्त, प्रतिस्पर्धात्मक ब्याजदरमा च्यानल फाइनान्सिङले डिलरहरुलाई अन्य लाभहरुको अवसर पनि प्रदान गरेको छ । त्यस्तो लाभहरु मध्ये एक निर्धारित कर्जा प्रशोधन शुल्कको तुलनामा यसको कर्जा प्रशोधन शुल्क न्यून हुनु हो ।”

    कम्पनीका यसरी खर्चमा कमी आउनाले डिलरहरुलाई आर्थिक सहायता खोज्न र उनीहरुको कार्यहरुको दायरा फराकिलो बनाउन अझ बढी सम्भव बनाइदिन्छ । 

    यसका साथै डिलरहरुले उपलब्ध सीमाको हदमा रहेर चाडपर्व वा समयानुकूल आवश्यकताहरु परिपूर्ति गर्नका लागि तदर्थ वा अस्थायी सीमाहरुमा पहुँच राख्न सक्दछन् । यसप्रकारको सुविधाजनक लचिलोपनाले व्यवसायीहरुलाई अवसरहरुको फाइदा उठाउन र बजारको मागलाई अझ बढी प्रभावकारी रुपमा समायोजन गर्न सक्षम बनाउने कम्पनीले उल्लेख गरेको छ ।

    “डिलरहरुलाई थप प्रोत्साहित गर्नु पर्ने आवश्यकतालाई मध्यनजर राख्दै बैंकहरुले स्विचिङलाई प्रोत्साहन दिन आकर्षक योजनाहरु प्रस्तुत गरेका छन् । डिलरहरुले अब न्यून लागतमा बैंक बदल्न सक्नेछन् भने साथै फ्रि क्रेडिट कार्डहरु र घातक रोग बीमा कभरेज सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । यसबाट डिलरहरुका लागि मुल्य प्रस्ताव मात्र बढ्ने नभई बैंकिङ्ग संथाहरुसँग उनीहरुको सम्बन्ध पनि प्रगाढ हुनेछ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

    च्यानल फाइनान्सिङ नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरुका बीचमा एक बलियो आशाको किरण बनेर देखा परेको छ । यसले चुनौतीपूर्ण वर्तमान समयमा पुनरुत्थान गर्न र विकासलाई गति दिन नवीनतम वित्तीय समाधानहरुको शक्तिलाई प्रमाणको रुपमा काम गर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार तरलता समर्थन, प्रतिस्पर्धात्मक ब्याजदरहरु, र अतिरिक्त लाभहरु प्रदान गरेर च्यानल फाइनान्सिङले डिलरहरुलाई उनीहरुकोव्यवशाय विकासमा उत्पन्न भैरहेको बाधाबाट पार पाउन सशक्त बनाउँदछ । यसका अतिरिक्त, यसले समग्र आर्थिक परिदृश्यलाई बलियो बनाउँदै र उज्जवल भविष्यको लागि मार्ग प्रशस्त गरेर बैंकहरु, डिलरहरु र उत्पादकबीचको सौहाद्रपूर्ण सम्बन्ध कायम राख्न मद्दत गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार