images
images

कुमारी बैंकको १० बर्ष अवधिको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

कुमारी बैंकको १० बर्ष अवधिको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • कुमारी बैंकको १० बर्ष अवधिको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले आज (बुधबार)देखि १० बर्ष अवधिको  ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ बिक्री खुला गरेको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ । 

    images
    images

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो । 
    कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणले पाउनेछन् । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । 

    छिटो अवधिमा पर्याप्त आवेदन नपरेमा भने ढिलोमा कात्तिक १६ गतेसम्म ऋणपत्र खरिदका लागि आवेदन दिन सकिन्छ । कम्पनीको उक्त ऋणपत्र बिक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो सेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सकिनेछ । ईक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार