images
Logo
images
images
images

जलवायु परिवर्तनसँग जुध्न सबैको ऐक्यबद्धता चाहिन्छ : महासचिव गुटेरेस

जलवायु परिवर्तनसँग जुध्न सबैको ऐक्यबद्धता चाहिन्छ : महासचिव गुटेरेस

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • images
    images
    जलवायु परिवर्तनसँग जुध्न सबैको ऐक्यबद्धता चाहिन्छ : महासचिव गुटेरेस

    गण्डकी / संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रभावकारी ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । 

    images
    images

    अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकनबाट फर्केपछि पोखरामा पत्रकारसँगको सङ्क्षिप्त साक्षात्कारमा उनले जलवायु परिवर्तनको असरबाट नेपाल पनि प्रभावित रहेको भए पनि जलवायु परिवर्तनका कारक तत्त्वहरूमा नेपाल जस्ता देशको योगदान भने नरहेको उल्लेख गरे ।

    ‘विश्वलाई म स्पष्ट रुपमा यो सन्देश दिन चाहन्छु कि प्रकृतिले झेलिरहेको यो संकट रोक्न जरुरी छ’, महासचिव गुटेरेसले भने , ‘हामीले यी सुन्दर हिमाल, हिमनदी र भूगोललाई जोगाउनै पर्छ, यसमा सबैको सहयोगको खाँचो छ ।’

    उनले जलवायु परिवर्तनका कारण वातावरणीय सन्तुलन खल्बलिन गई बाढीपहिरालगायत प्राकृतिक विपद्को नकारात्मक असर भोग्न स्थानीयवासी बाध्य हुनु परेको बताए । महासचिव गुटेरेसले जलवायु परिवर्तनको प्रत्यक्ष असर ब्यहोरिरहेको नेपाललगायत देशलाई अन्तर्राष्ट्रिय समर्थन चाहिने पनि उल्लेख गरे । 


    ‘जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको रक्षाका लागि लचिलोपन निर्माण गर्न र अनुकूलन योजनाका लागि अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ’, महासचिव गुटेरेसले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार