images
images

आयोगले लियो ४ प्रदेशका मूख्यमन्त्री र मन्त्रीहरूसँग सुझाव, आज स्थानीय सरकारको पालो

आयोगले लियो ४ प्रदेशका मूख्यमन्त्री र मन्त्रीहरूसँग सुझाव, आज स्थानीय सरकारको पालो

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • आयोगले लियो ४ प्रदेशका मूख्यमन्त्री र मन्त्रीहरूसँग सुझाव, आज स्थानीय सरकारको पालो

    काठमाडौँ / १६ औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोगका सदस्यहरूको नेतृत्वमा परिचालित टोलीले मङ्गलबार मधेस, बागमती, गढडकी र सुदुरपश्चिममा सुझाव सङ्कलन गर्दैछन् । 

    आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । 

    छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरूको सहभागीता थियो । मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए । 

    उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदुपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ । “१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौँ” सदस्य फुयाँलले भने, “हिजो सोमबार हामीले प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरू निजी क्षेत्रको सहभागीता रहनेछ ।”

    आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदुरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार