images
images

बियर, वाइनदेखि औषधि बनाउनसमेत प्रयोग हुन्छ यो माछा, एउटाको मूल्य ५ लाख रुपैयाँ !

बियर, वाइनदेखि औषधि बनाउनसमेत प्रयोग हुन्छ यो माछा, एउटाको मूल्य ५ लाख रुपैयाँ !

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • images
    images
    बियर, वाइनदेखि औषधि बनाउनसमेत प्रयोग हुन्छ यो माछा, एउटाको मूल्य ५ लाख रुपैयाँ !

    घोल माछालाई गुजरातको ‘स्टेट फिस’ घोषणा गरिएको छ। दुई दिने ग्लोबल फिशरीज कन्फरेन्स इन्डिया २०२३ साइन्स सिटी, अहमदाबादमा आयोजना गरिएको थियो। कार्यक्रममा गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घोल माछालाई ‘स्टेट फिस’ घोषणा गरेका हुन् । 

    images
    images

    यस कार्यक्रममा केन्द्रीय मन्त्री पुरुषोत्तम रूपाला, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल लगायतका मन्त्रीहरूका साथै अधिकारीहरुको सहभागिता रहेको थियो । महाराष्ट्र र उत्तर प्रदेशले पनि ‘स्टेट फिस’ घोषणा गरेका छन् ।

    केन्द्रीय मन्त्री रूपालाले गुजरातका मुख्यमन्त्रीले घोल माछालाई ‘स्टेट फिस’ घोषणा गरेको बताउँदै केही समयअघि मत्स्य विभागले आयोजना गरेको कार्यक्रममा महाराष्ट्र र उत्तर प्रदेश सरकारले पनि ‘स्टेट फिस’ गरेको बताए ।

    घोल माछा भारतको सबैभन्दा ठूलो माछा मध्ये एक हो। घोल माछामा धेरै गुणहरू हुन्छन् जुन स्वास्थ्य र स्वाद दुवैको दृष्टिले राम्रो मानिन्छ। 

    यो भारतमा पाइने सबैभन्दा ठूलो माछा हो। गुजरात र महाराष्ट्रका सामुद्रिक क्षेत्रहरूमा प्रशस्त मात्रामा पाइने यो माछाको रङ्ग हल्का सुनौलो र खैरो छ । स्वाद र स्वास्थ्य गुणका कारण यसको ठूलो माग छ।

    मूल्य कति ? 

    लामो देखिने यो माछाको मूल्य पनि निकै राम्रो छ । यो एउटा माछाको मूल्य करिब ५ लाख रुपैयाँ पर्छ । यसबाट धेरै परिकारहरू तयार हुन्छन्। साथै, यो बियर र वाइन बनाउन पनि प्रयोग गरिन्छ। 

    यति मात्र होइन, यसमा पाइने एयर ब्ल्याडर औषधि बनाउन प्रयोग गरिन्छ। यसको मासु र एयर ब्ल्याडर छुट्टाछुट्टै बेचिन्छ । एयर ब्ल्याडर मुम्बईबाट निर्यात गरिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार