images
images

नेप्से घटे पनि सेयर कारोबार ५ महिनायताकै उच्च, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

नेप्से घटे पनि सेयर कारोबार ५ महिनायताकै उच्च, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • नेप्से घटे पनि सेयर कारोबार ५ महिनायताकै उच्च, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

    काठमाडौँ / आइतबार जम्मा ९ मिनेट कारोबार हुन पाएको सेयर बजारले १११ अङ्कले बढेर सकारात्मक सर्किट लागेर बजार बन्द हुने समय अगाबै बन्द भएको नेप्से आज भने घटेको छ ।

    images
    images

    आज बजारमा करेक्सन भई नेप्से परिसुचक १५ दशलमव ४० अंकले घटेर १ हजार ९४८ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ ।

    आज ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनाकै उच्च हो । यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब पुग्न सकेको छैन ।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    धेरै मूल्य घटबढ भएका कम्पनी

    आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

    यस्तै, हाथवे इन्भेस्टमेन्टको ९.९, इनिफिनिटी लघुवित्तको ९.६ तथा मानुसी लघुवित्तको ९.३ प्रतिशतले मूल्य बढ्यो । समता लघुवित्तको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । मन्दाकिनी हाइड्रोको ५.८, स्वाभिमान लघुवित्तको ५.४, एसियन हाइड्रोपावरको ५।३ र अपार स्याङ्गे हाइड्रोपावरको ५।२ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार