images
images

काठमाडौँ महानगरपालिकाले मंसिर मसान्तसम्म उठायो २ अर्ब ६६ करोड राजस्व

काठमाडौँ महानगरपालिकाले मंसिर मसान्तसम्म उठायो २ अर्ब ६६ करोड राजस्व

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • काठमाडौँ महानगरपालिकाले मंसिर मसान्तसम्म उठायो २ अर्ब ६६ करोड राजस्व

    काठमाडौँ / मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाकाले २ अर्ब ६६ करोड ९८ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालू आवको मंसिर मसान्तसम्म महानगरपालिकाका १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका हुन् । 

    images
    images
    images
    images

    जसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेका छन् । महानगरपालिकामा ३ लाख ४३ हजार ६४० करदाता रहेका छन् । 

    आ.व. २०७९÷०८० मा ३ लाख २४ हजार १२० जना करदाता रहेका थिए भने सो अवधिमा १ लाख ९१ हजार ८८६ जनाले मात्रै राजस्व तिरेका थिए । १ लाख ३२ हजार २३४ करदाताले कर नबुझाएको महानगरको तथ्याङ्क छ । 

    गत सोमबार ३ करोड ९४ लाख ५१ हजार राजस्व सङ्कलन भएको महानगरपालिकाले जनाएको छ । 

    चालु आर्थिक बर्षको यस अवधिमा आन्तरिक आय, वाँडफाँडबाट प्राप्त राजस्व र समानीकरण, सशर्तजस्ता आन्तरिक अनुदानबाट प्राप्त गरी ४ अर्व ५१ करोड ५२ लाख ८१ हजार ९४७ रुपैयाँ सङ्कलन भएको महानगरपालिकाको तथ्याङ्क छ । यो लक्ष्यको ४१.७८ प्रतिशत हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार