images
images

भूकम्पका कारण जापानमा १३ फिट माथि उठ्यो जमिन, समुद्रको पानी झन् तल झर्यो

भूकम्पका कारण जापानमा १३ फिट माथि उठ्यो जमिन, समुद्रको पानी झन् तल झर्यो

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • भूकम्पका कारण जापानमा १३ फिट माथि उठ्यो जमिन, समुद्रको पानी झन् तल झर्यो

    टोकियो / नयाँ वर्षको पहिलो दिनमा गएको शक्तिशाली भूकम्पका कारण जापानमा कयौँ स्थानमा जमिन उठेको छ । केही स्थानमा जमिन १३ फिटसम्म उठेको पाइएको छ । यो सबै जनवरी १ मा मध्य जापानको इशिकावा प्रिफेक्चरको नोटो प्रायद्विपमा साढे ७ तीव्रताको भूकम्पका कारण भएको हो ।

    images
    images

    भूकम्पयता पहिलो पटक उक्त विपद्को ड्रोन फुटेज बाहिर आएको छ । यसमा उठेको जमिनको हिस्सा स्पष्टैसँग देख्न सकिन्छ । कयौँ द्विप समुद्रबाट माथि उठेका छन् । स्याटलाइट तस्बिरलाई ध्यानले हेर्ने हो भने पहिला जहाँसम्म पानी थियो त्यहाँ पानी सुकेको छ । पानीयुक्त हिस्सा ८२० फिट पछाडि सरेको छ । यो भनेको अमेरिकी मापदण्डको २ ओटा फुटबल मैदानको लम्बाई बराबर हो ।

    टोकियो विश्वविद्यालयको भूकम्प अनुसन्धान संस्थाका शोधकर्ताहरुका अनुसार भूकम्पपछि नोटो प्रायद्विपमा काइसोदेखि आकासाकीसम्म १० स्थानमा तटीय जमिन माथि उठेको छ । अर्थात् समुद्रको पानी झन् तल झरेको छ । 

    यस्तो खालको स्थितिलाई कोसिस्मिक कोष्टल अपलिफ्ट भनिन्छ । भूकम्पपछि आकासाकी बन्दरगाहमा १४ फिट लामो सुनामीको लहर आएको थियो । जापानको अन्तरिक्ष एजेन्सीको एउटा सेटलाइटमा पनि कोस्टल अफलिफ्ट देखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार