images
Logo
images
images
images

एनआरएनएद्वारा मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण, मानिसहरुको ज्यान जोगाउन सहयोग हुने विश्वास

एनआरएनएद्वारा मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण, मानिसहरुको ज्यान जोगाउन सहयोग हुने विश्वास

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • images
    images
    एनआरएनएद्वारा मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण, मानिसहरुको ज्यान जोगाउन सहयोग हुने विश्वास

    काठमाडौँ / गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ।

    images
    images

    बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले नेपाल रेडक्रस सोसाइटी धनुषालाई ब्लड बस हस्तान्तरण गरेको हो।

    स्थानीय निकायबीच समन्वय गरेर बस संचालन गर्न अध्यक्ष केसीले आग्रह गरे। मोबाइल ब्लड बसको सानो सहयोगले मानिसहरुको ज्यान जोगाउन ठूलो सहयोग हुने उनको विश्वास छ। 

    विदेशमा सिकेको ज्ञान सिप र पुँजीलाई नेपालमा ल्याउन र नेपालको विकासको लागि लाग्ने उनले प्रतिबद्धता जनाए। त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघको मधेश प्रदेशसँग आत्मीय सम्बन्ध रहेको बताए। 

    संघको अभियानमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायत मधेश प्रदेशबाट विश्वका  विभिन्न देशमा पुगेका नेपालीहरुको संस्थामा ठूलो योगदान रहेको  उनको भनाइ छ। 

    संघको परोपकार विभागका संयोजक समेत रहेका डा. शर्माले विगत दुई दशकमा संस्थागत रुपमा नेपालमा १ अर्ब बराबरको परोपकारी काम सम्पन्न भैसकेको बताए।  

    कार्यक्रममा गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापा,  सचिव पारसमणी पोखरेल, सल्लाहकारहरु टिवी कार्की अतुल कोइराला, विधान संशोधन सुझाव समितिका संयोजक भवानी प्रसाद ओली, पूर्व यूरोप संयोजक सन्तोष भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार