चर्चित समाचार
  • उत्थानपछि विनाश पनि सम्भव ... विश्वविख्यात वैज्ञानिक न्युटनका दर्जन सुत्र, पढौं उनका उत्कृष्ट भनाईहरु

    उत्थानपछि विनाश पनि सम्भव ... विश्वविख्यात वैज्ञानिक न्युटनका दर्जन सुत्र, पढौं उनका उत्कृष्ट भनाईहरु

    मंगलवार, माघ ९ २०८०
    मंगलवार, माघ ९ २०८०
  • उत्थानपछि विनाश पनि सम्भव ... विश्वविख्यात वैज्ञानिक न्युटनका दर्जन सुत्र, पढौं उनका उत्कृष्ट भनाईहरु

    विश्वविख्यात वैज्ञानिक आइज्याक न्युटन  सन् १६४२ मा जन्मिएका हुन् । वेलायतमा जन्मिएका न्युटनले गुरुत्वाकर्षण शक्ति ९१६८६० रे गति सम्बन्धि सिद्धान्त ९१६८६० का जन्मदाता हुन । 

    न्युटनले प्रकाशमा सात रङहरू हुने कुरा प्रिज्मबाट आवर्तन गरि प्रमाणित गरेका थिए । 
    आइज्याक न्यूटन, ९४ जेनवरी १६४३ – ३१ मार्च १७२७० बेलायती भौतिकशास्त्री, गणितज्ञ, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गुढ रसायनशास्त्री थिए जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रूपमा लिने गरिन्छ । 

    केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भएपनि पृथ्वीमा भएको वस्तु भएपनि सबै वस्तु मान्नुपर्ने गतिको नियम एक किसिमको हो भनेर प्रमाण गरे।

    त्यस्तै, आइज्याक न्यूटन धेरै भुलक्कड वैज्ञानिक पनि हुन् । उनी कहिले काहीँ सामान्य कुरा पनि छिनभरमै भुल्थे । एकपटक उनी घोडामाथि चढेर एउटा गाउँतिर गइरहेका थिए । उकालो ओरालो छिचाल्दै जाँदा  गाउँमा पुग्न लाग्दै थिए  । 

    बाटोमा एउटा ठूलो पहाड देखियो । अनि ओर्लेर घोडाको डोरी समाएर पैदल नै हिड्न थाले । पैदल हिड्दै गर्दा उनको दिमागमा अचानक गणित सम्बन्धी एउटा समस्या आइलाग्यो । उनी त्यो समस्याको समाधान खोज्न लागे।

    जब प्रश्न समाधान भयो र उनको तन्द्रा छुट्यो तब उनले देखे कि, उनको घोडा फर्केर घरतिर गइसकेको रहेछ र उनी मात्र डोरी समाएर लुखुरलुखुर हिडिरहेका रहेछन् । 

    उनले भनेका छन्ः म पनि अरु जस्तै हुँ मात्र मेरो सफलताको राज भनेको निरन्तरको प्रयास हो ।

    हेर्नुस् उनका केही महत्पुर्ण विषयहरुः

    – कुनै पनि क्रियाको बराबर तर, पुरै विपरित प्रतिक्रिया हुन्छ

    – हुन त म पनि अरुजस्तै साधारण नै छु म मा फरक यति हो मेरो प्रयोगले मलाई असाधारण बनाएको छ ।

    – एउटा कुरा याद गर्नुहोस् की जो माथि जान्छ त्यो तल आउनु स्वभाविक मानिन्छ ।

    – मानिसहरुले पर्खाल त बनाएका छन् तर विडम्बना पुल पर्याप्त बनाएका छैनन ।
    – एउटा कुरा याद गर्नुहोस् उत्थान पछि विनाश पनि सम्भव छ ।

    – कुनै पनि कलामा त्रुटी हुँदै हुँदैन त्रुटी त कलाकारमा हुन्छ ।

    – मैले कसैको सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव भएको हो ।

    – म मा यस्तो शक्ति छ जुन शक्तिले आकाशिय पिण्डहरुको गणना गर्न सक्छ तर कुनैपनि मानिसको पागलपनको गणना गर्न सक्दैन ।

    – कुनै पनि खोज गर्नुअघि साहसिक निर्णय लिनुहोस् ।

    – याद गर्नुहोस् कडा मेहनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।

    – कुनै पनि मानिसको धैर्य नै प्रतिभा हो ।

    – प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।

    – प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।

    – कुनैपनि व्यक्तिले दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्न सक्यो भने त्यो कला नै चातुर्यता हो ।

    हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ

    – जो माथि जान्छन् उनीहरु तल आउनु स्वभाविक हो ।

    –   म अरुजस्तै साधारण नै छु तर मेरो प्रयोगले मलाई असाधारण बनाइदिएको छ ।

    – हामी मानिसले पर्खाल त धेरै बनायौं तर, पुल पर्याप्त बनाएनौं ।

    म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन ।

    – उत्थान पछि विनाश पनि सम्भव छ ।

    – त्रुटी कलामा हुँदैन बरु कलाकारमा हुन्छ ।

    यदि मैले मानिसको कुनै पनि सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव हुन सकेको हो ।

    – म पनि साधारण नै छु, मेरो सफलताको राज अरु कुनै शक्ति होइन मेरो निरन्तरको प्रयास र कोशिश हो ।

    – कुनै पनि खोज साहसिक निर्णय बिना असम्भव छ ।

     – एक वस्तु त्यतिखेर सम्म आफ्नो सिधा रेखामा गतिशिल रहन्छ जबसम्म उसमाथि कुनै बाहिरी बल नगर्नुहोस् ।

    – प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।

    – मेरो लागि सांसरिक सम्मान वा गौरव कहिल्यै पनि विज्ञानको क्षेत्रमा प्रगति भन्दा ठूलो होइन ।

    – यदि म अरुको तुलनामा आफूलाई अगाडि पाउँछु भने यस्तो दिग्गजको काँधको सहारामा नै गर्न सकेको हुँ ।

    – धैर्य नै प्रतिभा हो ।

    – कुनै पनि अन्य सबूतको अनुपस्थितीमा एक्लो औंला मलाई भगवानको अस्तित्वको बारेमा बुझाउनको लागि प्रेरित गर्छ ।

    – प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।

    – कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।

    – म यो संसारको लागि के हुँ म जान्दिन तर, मेरो नजरमा म समुन्द्रको किनारमा चिल्लो पत्थर र सीप खोज्न व्यस्त बच्चा समान हुँ । जबकी मेरो अगाडि सत्यको अबुझ अथाह सागर फैलिएको छ ।

    – कडा मेहनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार