images
images

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती, बार्षिकोत्सवको अवसरमा कम्पनीले ल्यायो अफर

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती, बार्षिकोत्सवको अवसरमा कम्पनीले ल्यायो अफर

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती, बार्षिकोत्सवको अवसरमा कम्पनीले ल्यायो अफर

    काठमाडौँ / नेपालको अग्रणी डिजिटल वालेट खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ । 

    images
    images
    images
    images

    सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको अवसरमा साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।

    निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारको करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबारद्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजिवन सहज बनाइरहेको छ भने १ लाखभन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भइरहेका छन् ।

    आफ्नो स्थापनाको छोटो अबधीमा नै खल्तीले करिब ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट, ५०+ बैङ्क तथा वित्तीय संस्था र १५००+ सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको कम्पनीले जनाएको छ । 

    खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आइएसओ २७००१ः२०१३ प्रमाणिकरण गरेको छ भने हालै मात्र देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ । 

    खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘ योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ। यसका लागी खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण, खल्ती सुरक्षा, इभेन्ट टिकटिङ, भोटिङ, मुभी टिकटिङ, ‘खल्ती प्रो’, ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ । 

    आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्नेसमेत कम्पनीले जनाएको छ । 
    सो अवसरमा खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्छन्, “सुरुवाती चरणदेखि नै खल्ती सम्पूर्ण नेपालीहरूलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढाएको छ । सात वर्षको यात्रासम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्था सम्म पुर्याउन सफल भएका छौँ । हामीले निजी क्षेत्र साथ साथै  सरकारी क्षेत्रका अधिकांश सेवाहरू पनि खल्तीमा उपलब्ध गराएका छौँ । अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नबभई लगानी तथा आफ्नो वित्तिुय व्यवस्थापन गर्ने प्लेटफर्मको रूपमा स्थापित गर्न  विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ ।” 

    सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघदेखि १८ माघ (७ दिन)को अवधिभर पहिलो बैङ्क लिङ्क भुक्तानीमा प्रयोगकर्ताहरूलाई ७७ रुपैयाँको क्यासब्याकको अफर उपलब्ध गराएको छ । 

    यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ । यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राइट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै ः खल्ती ब्यालेन्स, खल्ती पोइन्ट, कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन् ।  

    ‘खल्ती जर्नी’मा  १ देखि ७ वर्षको शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य तोकिएको छ । सोही अनुसारको चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन् । भुक्तानी मात्र नभई खल्ती क्विज, बैङ्क ट्रान्सफर, भोटिङ, दामी क्युआर र  फ्री विड्र बैङ्क खाता सेटअप जस्ता खल्ती विशेष इनोभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डको लाभ उठाउन सक्नेछन् ।
     
    साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो ६ औँ वार्षिकोत्सव कै उपलक्ष्यमा उपलब्ध गराएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार