images
images

ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा

ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा

शनिवार, माघ २० २०८०
शनिवार, माघ २० २०८०
  • ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा

    ताइवानमा माघ १९ गते सम्पन्न भएको ताइवान इन्टरनेशनल साइन्स फेयरमा नेपालले इन्जिनियरिङतर्फको  विधामा चौथो  स्थान हासिल गर्न सफल भएको छ ।

    images
    images

    माघ १४ देखि १९ गते सम्म भएको उक्त अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्न गएका हेटौँडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाईबाको कृषि-प्रबिधिमा आधारित 'एग्रो-गार्ड- नामक रिसर्चप्रोजेक्टले चौथो  स्थान हासिल गर्न सफल भएको हो । 

    गणित, रसायनशास्त्र, ईन्जिनियरिङ लगाएतका फरक फरक १३ वटा विधा समेटिएको उक्त प्रदर्शनि मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड लगाएतका २७ भन्दा बढी देशहरुका राष्ट्रिय स्तरवाट छनोट भएका  उत्कृष्ट युवा वैज्ञानिक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    २० वर्षभन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीहरूको वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उदेश्यका साथ हरेक बर्ष ताइवानको सुचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताईवान साइन्स एजुकेशन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना  गर्दै आइरहेको छ ।

    विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरूलाई प्रदर्शन गराइने यस प्रदर्शनी मेलामा यस बर्ष ६३० जना विद्यार्थी अनुसत्धानकर्ताहरूद्वारा ३५९ वटा विज्ञान, सुचना–प्रविधि, नवप्रवर्तन सम्बन्धि अनुसन्धानकाप्रोजेक्टहरू प्रदर्शनीमा राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३०४ वटा राष्ट्रियप्रोजेक्टहरू समाबेश गरिएका थिए ।

    सो विज्ञान प्रदर्शनीमा नेपालबाट विद्यार्थी प्रतिस्पर्धामा सहभागी गराउनका निम्ति विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्दै आइरहेको एस्ट्रोनोभा फाउन्डेसन नेपालले दरखास्त आवेदन आह्वान गरि प्रतिस्पर्धामार्फत वाईवाको सो अनुसन्धानात्मक प्रोजेक्ट छनौट गरि ताइवानमा नेपाललाई प्रतिनिधित्व गराइएको हो। 

    वाइवा गत वर्ष व्रेनिक्युव रिसर्च अर्गनाईजेशनद्वारा आयोजित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा युवा वैज्ञानिकको उपाधि समेत प्राप्त गरेका थिए । फाउन्डेशनबाट किशन बास्तोला र आयुष बस्नेतको परिवेक्षणमा वाइवासहितको टोलि माघ १३ गते ताइवान प्रस्थान गरेका थिए ।

    यस समापन समारोहमा ताईवानका विज्ञान–प्रविधि मन्त्री, बिदेश बिभाग प्रमुख, नेशनल ताइवान साइन्स एजुकेशन सेन्टरका डाइरेक्टर जेनेरल, ताईवान रास्टृय विश्वविद्यालयका प्रोफेसरलगायत विभिन्न देशका बिशिस्ट ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार