श्रीमद्भगवद्गीता गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक उत्कृष्ट हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक ग्रन्थ हो । १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।
भगवतगीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए ।
यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् ।
यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ ।
यस्तै, प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ ।
हेर्नुस् उत्कृष्ट बाणीहरु
१. मनलाई बसमा राख्न सकिएन भने यसले स्वयं विरुद्ध शत्रुको व्यवहार गर्दछ ।
२. मनुष्य आफ्नो विस्वासद्वारा निर्माण हुन्छ । ऊ जस्तो विस्वास गर्दछ, उस्तै बन्दछ ।
३. नरकका तीनद्वार छः क्रोध वासना र लोभ ।
४. हरेक व्यक्रि जे ऊ चाहान्छ सो पाउन सक्छ , यदि ऊ विस्वासको साथ इच्छित बस्तुमाथि लगातार चिन्तन गर्छ भने ।
५. कर्मले मलाई बाँध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।
६. तिनीहरुले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्तछ , जसले कार्यमा आनन्द भेट्दछ ।
७. केवल मन मात्र कसैको मित्रु वा शत्रु हुन्छ ।
८. शंका गर्ने व्यक्तिको लागि नत यस संसारमा न बाहिर नै शान्ति छ ।
९. क्रोशद्वारा भ्रम पैदा हुन्छ ।भ्रमदवारा बुद्धि भ्रष्ट भए नष्ट हुन्छ ।जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
१०. यस संसारमा नत केही हाउँछ नै न त व्यर्थ नै हुन्छ ।
अझै थप उत्कृष्ट १८ भनाइहरु
१– मोह या सुख शान्तिको अधीनमा नपर्नु ।
२– शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ।
३– निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ।
४– तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ।
५– सधैँ तितिक्षामा रहनु अर्थात् सुखदुःखमा समान भाव हुनु ।
६– अन्तस्करणमा समता राख्नु ।
७– सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु सबैमा ब्रह्मभाव हुनु ।
८– सधैँ भगवानको स्मरण गर्दै आफ्नो कर्तव्यको पालना गर्नु ।
९– सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ।
१०– विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ।
११– यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ।
१२– शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवान्मा अर्पण गर्नु ।
१३– संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जानु ।
१४– सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।
१५– एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ।
१६– जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ।
१७– जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ।
१८– भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु