images
images

साइमेक्स इंकले ‘बीवाइडी चाइनिज न्यु इयर कप’ नेपाल-चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने

साइमेक्स इंकले ‘बीवाइडी चाइनिज न्यु इयर कप’ नेपाल-चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • साइमेक्स इंकले ‘बीवाइडी चाइनिज न्यु इयर कप’ नेपाल-चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने

    काठमाडौँ / बीवाइडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले ‘बीवाइडी चाइनिज न्यु इयर कप’ नेपाल-चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने घोषणा गरेको छ । 

    images
    images

    चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्त्वपूर्ण खेल कार्यक्रम आगामी फेब्रुअरी १० का दिन दशरथ रंगशालामा हुनेछ । स्प्रिङ फेस्टिभल अर्थात वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापी रूपमा गहिरो सांस्कृतिक महत्त्व राख्छ, जसले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुवाततर्फको यात्रा दर्शाउछ । 

    संयुक्त राष्ट्र संघले समेत हालै चाइनिज लुनार न्यु इयरलाई होलिडेको रूपमा मान्यता दिएकोले यसको विश्वव्यापी पहुँच र महत्त्वलाई जोड दिएको प्रमाणित हुन्छ । करिब २०० देश र क्षेत्रमा मनाइने स्प्रिङ फेस्टिभलले आनन्द र नवीकरणको भावनामा विविध संस्कृतिलाई जोड्ने काम गर्दछ । 

    बीवाइडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु-२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ, जसले उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काउने छ । यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने छ । 

    उक्त इभेन्टको मुख्य प्रायोजकको साइमेक्स इंक प्रा.लि.ले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएको छ । क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाइडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ । 

    ‘बीवाइडी चाइनिज न्यु इयर कप’ जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवर्द्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्नेछ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै साइमेक्स इंकले महत्त्वपूर्ण इभेन्टलाई सफल बनाउन समर्पित चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदलगायतका आयोजक र सह आयोजकहरूप्रति कृतज्ञता ज्ञापन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार