images
images

दिपल इभिको बिक्री वितरण चितवनबाट सुरु, नयाँ सोरुमले ल्यायो टेस्ट ड्राइभ र एक्सचेन्जसहितको अफर

दिपल इभिको बिक्री वितरण चितवनबाट सुरु, नयाँ सोरुमले ल्यायो टेस्ट ड्राइभ र एक्सचेन्जसहितको अफर

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • दिपल इभिको बिक्री वितरण चितवनबाट सुरु, नयाँ सोरुमले ल्यायो टेस्ट ड्राइभ र एक्सचेन्जसहितको अफर
    images
    images
    images
    images

    चितवन / नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले चितवनबाट निकै रूचाइएको दिपल इभिहरूको बिक्री वितरणलाई औपचारिक रूपमा सुरु गरेको छ । 

    एक विशेष समारोहबिच चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन् ।

    दिपल इभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवनमा चांगानको सफलताको कामना गरे । 
    साथै, उनले चांगान र अन्य ब्रान्डहरूले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

    त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रूपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ वटा भन्दा दिपल बिक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो इभिप्रेमीको रोजाइमा परेको बताए । 

    उनले दिपलको बिक्री र बिक्रीपछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चितवनका लागि राजहंग अटोमोबाइल जोडिएको धन्यवाद ज्ञापन गरे । 

    टेस्ट ड्राइभ र एक्सचेन्जसहितको अफर सार्वजनिक 

    एमएडब्लु वृद्धिले राजहंस अटोमोबाइलमार्फत चित्तवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको छ ।

    Newss.JPGचितवनमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट तीन दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ । यो अवधिमा चित्तवनका इभिप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभिहरू दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ ।

    टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउनपेमेन्टमा दिपल इभि खरिद गर्न सक्नुहुनेछ । यसका साथै, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनु हुनेछ । साथै, दिपलका इभि टेस्ट ड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउनु हुनेछ ।

    दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो इभि नेपाली बजारमा ८ सयभन्दा बढी बिक्री भइसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com