काठमाडौँ / गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी ‘सित्तैमा’ योजना ल्याएको छ ।
‘हरेक नेपाली शेयरधनी’ भन्ने मूल नारालाई आत्मसात गर्दै कम्पनीले ‘सित्तैमा’ डिम्याट र मेरो सेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे हो ।
सो योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म ‘सित्तैमा’ डिम्याट र मेरो सेयर खाता खोल्न सक्नेछन् ।
।
ग्राहकवर्गहरूले यो सुविधा कमलपोखरी, काठमाडौँस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैङ्क लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू र गरिमा क्यापिटलको वेवसाइट www.garimacapital.com/ मार्फत घरमै बसी खाता खोल्न सकिनेछ ।
सो सुविधा लिनको लागि https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै ‘सित्तैमा’ डिम्याट र मेरो सेयर खाता खोल्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराइले बताए ।
साथै, यस सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।