images
images

बैंकरहरु पक्राउ पर्न थालेपछि नबिलका डिसिइओ ज्ञवालीले भने - कर्पोरेट / इन्फ्रामा कर्जा दिने सबै जेल जानुपर्ने अवस्था आउँछ

बैंकरहरु पक्राउ पर्न थालेपछि नबिलका डिसिइओ ज्ञवालीले भने - कर्पोरेट / इन्फ्रामा कर्जा दिने सबै जेल जानुपर्ने अवस्था आउँछ

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • बैंकरहरु पक्राउ पर्न थालेपछि नबिलका डिसिइओ ज्ञवालीले भने -  कर्पोरेट / इन्फ्रामा कर्जा दिने सबै जेल जानुपर्ने अवस्था आउँछ

    काठमाडौँ / नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले कर्पोरेट र इन्फ्रामा कर्जा दिन बसेका सबै बैंकर जेल जानुपर्ने अवस्था आउने बताएका छन् । तत्कालीन सेन्चुरी बैंकको कर्जा प्रवाहको विषयलाई लिएर तत्कालिन सिइओ तुल्सीराम गौतम र र हाल प्रभु बैंकका सिनियर डिसिइओलगायतलाई सिआइबीले पक्राउ गरेपछि उनले यस्तो बताएका हुन् । 

    images
    images
    images
    images

    डिसिइओ ज्ञवालीले सिआइबीले कम धितो लिएकै आधारमा पक्राउ गर्ने हो भने कुनै पनि बैंकर जेल बाहिर नहुने समेत बताएका छन्।

    "कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेइमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराधमा हदैसम्मको कारबाही हुनुपर्दछ तर सामान्य बैकिंग अभ्याससम्म नबुझी कुनै पेशाकर्मीलाई दुःख दिनु गलत हो," उनले लेखेका छन् "रिसइवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिंग नबुझी गरेको काम हो भने म खेद प्रकट गर्छु ।"

    "धितो पर्याप्त लिई कर्जा प्रवाह गरेको र घुस खाएको छ भने सजाय हुनुपर्छ, जो बदमास छ अनुसन्धान गरेर उसैलाई समात्ने कानुनी व्यवस्था भएको भए सबैतिर त्रास हुँदैन थियो कि? बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउछन नै तर यसका लागि पनि अनावश्यक सेटिंग कति मिलाउनु पर्ने हो? उनीहरुले भोगेको मानसिक तनावको क्षतिपूर्ति कसरी हुन्छ?" उनले प्रश्न गरेका छन्।

    कम धितो लिएको भन्दै सिआइबिले पक्राउ गर्न थालेपछि उनले बैंकहरुले अब धितोमा निश्चित प्रतिशत मात्रै कर्जा पाइने शेयर धितो कर्जामात्रै दिने हो भन्दै प्रश्न समेत उठाएका छन्। "के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लेण्डिंग मात्र गर्ने हो?" उनले प्रश्न गरेका छन्।

    घर कर्जा, व्याक्तिगत कर्जा, रियलस्टेट कर्जा प्रवाह गर्दा घर जग्गा धितो मूल्यांकन गराई धितोको ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म दिन मिल्दछ तर व्यवसायिक कर्जा र कर्पोरेट कर्जा र इन्फ़्रास्ट्रक्चर कर्जा प्रवाह गर्दा स्टक, रिसिभएबल र परियोजनको लागतको आधारमा प्रवाह गर्न मिल्छ, यस्तो कर्जामा धितो भनेको उक्त परियोजना, स्टक र रिसिभएबल मात्रै पनि हुन सक्छ । संसारभरको बैंकिंग प्राक्टिस यही भएको समेत उनले प्रष्ट पारेका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेको लेख जस्ताको त्यस्तै, 

    समाचारहरुमा देखे पढे अनुसार असुल्नु पर्ने ऋण भन्दा धितो कम भएकाले क़र्ज़ा दुरुपयोग अभियोगमा ११ जना बैंकरलाई सीआईबी ले समात्यो रे!!
    कुनै बैंकले प्रवाह गरेको कर्जा ख़राब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर लगाउने अनि RM देखि सीईओ/बोर्ड सम्मलाई हथकड़ी लगाउने हो भने छ महिना मात्र कर्पोरेट/इन्फ्रा मा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर हुदैनन । जसलाई मन लाग्छ, एक हप्ता फ़ाईल खोजेर टप्प टिपेर जेल हाले हुन्छ। कर्जा प्रवाह गर्दा व्याक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेईमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराध मा हदैसम्मको कारबाही हुनुपर्दछ तर सामान्य बैकिंग अभ्यास सम्म नबुझि कुनै पेशाकर्मीलाई दुःख दीनु ग़लत हो। रिसिवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिंग नबुझि गरेको काम हो भने म खेद प्रकट गर्छु । जहांसम्म तुलसीराम गौतम जस्ता बैंकरले बदमासी गरेको चार्ज बैकिंग सेक्टरलाई पत्याउन मुस्किल छ। अरु बैकरहरु को बारेमा म जानकार हुन सकिन तर मनोज, दिपेश र राजेश ले घुस खाए, बेईमानी गरे भनेर पत्याउन म सक्दिन । यस पुर्व BOK का सीईओ लाई यसै दुःख दिईयो । धितो पर्याप्त लिई कर्जा प्रवाह गरेको र घुस खाएको छ भने सजाय हुनुपर्छ, जो बदमास छ अनुसन्धान गरेर उसैलाई समात्ने क़ानूनी व्यबस्था भएको भए सबैतिर त्रास हुन्थेन की? बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउछन नै तर यसका लागी पनि अनावश्यक सेटिंग कति मिलाउनु पर्ने हो? उनीहरुले भोगेको मानसिक तनाव को क्षतिपूर्ति कसरी हुन्छ? के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लैण्डिंग मात्र गर्ने हो? धेरै प्रश्न आईरहे ।
    नोट: घर कर्जा, व्याक्तिगत कर्जा, रियलस्टेट कर्जा प्रवाह गर्दा घर जग्गा धितो मूल्यांकन गराई धितो को ५०% देखि ७०% सम्म दिन मिल्दछ तर व्यावसायिक कर्जा/ कर्पोरेट कर्जा/ इन्फ़्रास्ट्रक्चर कर्जा प्रवाह गर्दा Stock, Receivale र परियोजनको लागतको आधारमा प्रवाह गर्न मिल्दछ, यस्तो कर्जामा धितो भनेको उक्त परियोजना , स्टॉक र receivable मात्रै पनि हुन सक्दछ । संसारभरको बैंकिंग प्राक्टिस यही हो ।
    जय होस!!

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार