images
images

मिटरव्याज पीडितले सरकारले गरेको छलफल निष्कर्षविहीन, माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

मिटरव्याज पीडितले सरकारले गरेको छलफल निष्कर्षविहीन, माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • मिटरव्याज पीडितले सरकारले गरेको छलफल निष्कर्षविहीन, माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी

    काठमाडौँ / मिटरव्याज पीडित वार्ता टोलीसँग सरकारले गरेको छलफल निष्कर्षविहीन भएको छ ।

    images
    images
    images
    images

    मंगलबार मिटरव्याजी पीडित संघर्ष समिति र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्ता निष्कर्ष बिहीन भएको हो ।

    मिटरव्याजी पीडित वार्ता टोलीमा संयोजक अवधेश कुशवाहाले सरकारसँगको वार्ता निष्कर्ष बिहीन भएको जानकारी दिए । उनले सरकार मिटरव्याज पीडितको मागप्रति सकारात्मक नदेखिएको गुनासो गरे । 

    उनले मिटरव्याज पीडितहरुले राखेको ६ बुँदे मागप्रति सरकार सकारात्मक नभएको गुनासो गर्दै माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । उनले सरकारलाई आफूहरुले राखेका ६ बुँदे माग तत्काल कार्यान्वयन भए आन्दोलन फिर्ता गर्ने बताए पनि सरकार मागप्रति सकारात्म नभएको बताए । 

    उनले मिटरव्याज जाँचबुझ आयोग नभई पूर्ण अधिकारसहितको न्यायिक आयोग गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताए । उनले आवश्यक दक्ष जनशक्ति, प्राविधिक क्षमता र मिटरब्याज जस्तो गम्भीर आर्थिक अपराधको विविध राजनीतिक, सामाजिक संरचनागत संलग्नताबारे ज्ञान भएको शक्तिशाली संयन्त्र बनाउन पनि माग गरिएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार