images
images

विश्व कीर्तिमानी उपाध्यायको ‘राखी रहु आँखामा’ सार्वजनिक

विश्व कीर्तिमानी उपाध्यायको ‘राखी रहु आँखामा’ सार्वजनिक

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • images
    images
    विश्व कीर्तिमानी उपाध्यायको ‘राखी रहु आँखामा’ सार्वजनिक
    images
    images

    काठमाडौँ / विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘राखी रहु आँखामा...’ श्रोता/दर्शकमाझ आएको छ । उपाध्यायकै स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र प्रकाश विष्टको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    images
    images

    सुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा मञ्जु खड्का क्षेत्री र रमेश थापालाई फिचरिङ गरिएको छ।

    तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफा भित्र छायाङ्कन गरिएको गीतको भिडियोमा विनोद तामाङले खिच्नुभएको हो भने पदम सुवेदीको सम्पादन छ। गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

    डा. उपाध्यायले विभिन्न विधामा १३३ विश्व कीर्तिमान कायम गरेका छन्। यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । 

    दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार