images
images

नेपालगञ्ज भन्सारबाट राजस्वमा वृद्धि, सात करोड बराबरको सामान बराद

नेपालगञ्ज भन्सारबाट राजस्वमा वृद्धि, सात करोड बराबरको सामान बराद

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • नेपालगञ्ज भन्सारबाट राजस्वमा वृद्धि, सात करोड बराबरको सामान बराद

    जानकी (बाँके) / नेपालगञ्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यस वर्षको फागुनसम्ममा गत आवभन्दा १.३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ । 

    images
    images

    गत वर्षको साउनदेखि फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएको छ भने  चालु आवको फागुनसम्म रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ।

    यस वर्षको आठ महिनामा रु सात करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ भने गत वर्ष दुई करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद गरेर भन्सार बुझाइएको छ । 

    फागुनसम्मको लक्ष्य रु १८ अर्ब ७७ करोड ४८ लाख २९ हजारको लक्ष्यमा रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हाजर राजस्व सङ्कलन भएको अधिकृत ध्रुवराज विश्वकर्माले बताए। जसको लक्ष्यको ६१.७४ प्रतिशत सङ्कलन भएको छ । 

    उनका अनुसार यसवर्षको फागुनसम्मको आयात रु ४६ अर्ब १७ करोड बराबरको सामान आएको छ । गत वर्षको फागुनसम्मको रु ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो । 

    यो ६.६१ प्रतिशतले बढेको बुझिएको छ । यो वर्षको फागुनसम्ममा रु एक अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष रु एक अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको छ ।

    गत वर्षको तुलनामा यो वर्ष १.१९ प्रतिशतले निर्यात घटेको छ । यस वर्ष भारतबाट मात्रै ९२.८७ प्रतिशतले सामान आयात भएको छ । 

    सात प्रतिशत सामान चीन, इण्डोनेसिाया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । 

    यसैवर्ष भारतमा मात्रै ९९.०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे रु दुई लाख राजस्व सङ्कलन हुने गरेको छ । 

    सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए। 

    उनका अनुसार ५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट मात्रै हुने गरेको छ ।

    चालु आवको चैत महिनाको राजस्वको लक्ष्य रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रहेकोमा १७ गते शनिबारसम्म ८० करोड १० लाख ३३ हजार राजस्व सङ्कलन भएको छ। 

    यो भनेको लक्ष्यको ३२.६९ प्रतिशत राजस्व सङ्कलन भएको हो । 

    प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार राजस्व आउने प्रमुख मालबस्तुमा प्रेटोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बीलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडा आदि रहेका छन् । 

    नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार