images
images

पर्यटन प्रवर्द्धनमा लक्षित सिद्धार्थ बैङ्कको २०८१ सालको क्यालेन्डर जारी

पर्यटन प्रवर्द्धनमा लक्षित सिद्धार्थ बैङ्कको २०८१ सालको क्यालेन्डर जारी

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • पर्यटन प्रवर्द्धनमा लक्षित सिद्धार्थ बैङ्कको २०८१ सालको क्यालेन्डर जारी

    काठमाडौँ / सिद्धार्थ बैङ्क लिमिटेडले नेपालको पर्यटनमा सहयोग पु-याउने उदेश्यका साथ वि.सं २०८१ सालको नयाँ बर्षको क्यालेन्डर जारी गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन’को साथै सो गन्तव्यहरूमा जिम्मेवारपूर्वक अन्वेषण गरेका छन् । बैङ्कले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने प्रयास गरेको छ । 

    images
    images

    क्यालेन्डरमा सोलुखुम्बु जिल्लामा अवस्थित दुधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ्ग र छो रोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लम्जुङ्ग जिल्लामा अवस्थित भुजुङ्ग गाउँ, मनाङ्ग जिल्लामा अवस्थित नार फु उपत्यका, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कन्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरू समावेश गरिएको छ, जसले नेपालको प्राकृतिक र पुरातात्विक सौन्दर्यतालाई उजागर गर्दछ । 

    https;|/www.siddharthabank.com/assets/backend/uploads/Calendar/Calendar%202081.pdf मा प्राप्त गर्न सकिनेछ । 

    बैङ्कको यस प्रयासले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यहरूको भ्रमण गरी पृथक अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पु¥याउने बैङ्कले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार