images
images

महालक्ष्मी विकास बैङ्कद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

महालक्ष्मी विकास बैङ्कद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • महालक्ष्मी विकास बैङ्कद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

    काठमाडौँ / महालक्ष्मी विकास बैङ्कले नयाँ वर्ष २०८१ अवसरमा सेयर लगानकर्ताहरूलाई लक्षित गरी नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैङ्कले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरूलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको हो । 

    images
    images

    सो खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि-आश्वा तथा टि. एम. एस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टि.एम.एस खाता नि:शुल्क खोल्नुका साथै मेरो सेयर तथा सि-आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । 

    टि.एम.एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरूसँग आवश्यक सहकार्य समेत बैङ्क स्वयम्ले नै गर्नेछ । यसबाट सेयर लगानीकर्ताहरूको स्टक ब्रोकर कम्पनीहरूसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास रहेको बैङ्कले जनाएको छ । 

    ‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेकाछन् । 

    साथै, गत पुस २८ मा सम्पन्न बैङ्कको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार