images
images

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
    images
    images

    काठमाडौँ / विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । ‘भाउ’को टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको छ । टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको छ ।

    तराईबाट काठमाडौँ आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ ।

    पोष्टरमा प्रयोग गरिएको र टिजरमा एउटा सिनमा शहरमा भएको ठुलो अपार्टमेन्ट अगाडिको दृश्यले हुँदाखाने र हुनेखाने बिचको खाडललाई भाउले देखाउन खोजेको स्पष्ट हुन्छ ।

    काठमाडौँ र भक्तपुरमा छायाङ्कन भएको लघुचलचित्रमा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन् । लघुचलचित्रको छायाङ्कन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् ।

    अङ्ग्रेजी सब्टाईटलसहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन् । प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन् । सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन् ।

    चलचित्रसम्बन्धी विभिन्न विधामा पढाई सञ्चालन भईरहेको कान्तिपुर फिल्म एकेडेमीले नै कान्तिपुर सिनेमाज प्लेटफर्म सञ्चालन गरेको हो । 

    नेपाल र विश्वभर छरिएर रहेका चलचित्रप्रेमी दर्शकहरूको लागि र राम्रा चलचित्रहरु निर्माण गर्नेहरुका लागि कान्तिपुर सिनेमाज राम्रो प्लेटफर्म भएको कान्तिपुरका फाउण्डर तथा सिईओ प्रकाश पुरी बताउँछन् । 

    कान्तिपुर सिनेमाज एप डाउनलोड गरेर तथा वेबसाईटबाट अकाउन्ट रजिष्टर गरेर सब्सक्रिसन लिएर अपलोड भएका सिनेमाहरू सजिलै हेर्न सकिनेछ । ‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको नोमिनेशन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो । 

    अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई चलचित्र महोत्सवमा छनोटमा परेको थियो ।

    भाउको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्र ‘भाउ’मा मानिसको जीवनको मूल्यलाई दर्शाउन खोजेको उनी बताउँछन् । उनकै लेखन तथा निर्देशनमा तयार भएको लघुचलचित्र ‘पाउलो’ र ‘द स्कुल वाल’ विभिन्न देशहरूमा छनोटमा परिसकेको छ।

    ‘घुर्रा’ले उत्कृष्ट सर्टफिल्मको अवार्ड समेत जितिसकेको छ। उनकै लेखन तथा निर्देशनमा अर्को सर्टफिल्म ‘दृश्य’को निमार्णको तयारी गरिरहेको उनी बताउँछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार