images
images

सांग्रिला डेभलपमेन्ट बैङ्कद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैङ्कद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई व्याग वितरण

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • सांग्रिला डेभलपमेन्ट बैङ्कद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई व्याग वितरण

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । बैङ्कले शुक्रबार बालुवाटार – ४, काठमाडौँस्थित विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण गरेको हो । 

    images
    images
    images
    images

    बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसँगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरूलाई २०० थान स्कूल व्याग, २०० वटा कापी तथा २०० वटा कलम वितरण गरेको हो । 

    सो व्याग वितरण कार्यक्रममा बैङ्कको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङको उपस्थिति रहेको थियो । व्याग वितरण कार्यक्रमले त्यस विद्यार्थीहरूमा निकै हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको थियो । 

    बैङ्कलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्कप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरू, ३० एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैङ्कले पालना गर्दै आएको छ । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार