एमाले र माओवादी केन्द्रद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता, सरकार छाड्ने तयारीमा उपेन्द्र

एमाले र माओवादी केन्द्रद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता, सरकार छाड्ने तयारीमा उपेन्द्र

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • images
    images
    एमाले र माओवादी केन्द्रद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता, सरकार छाड्ने तयारीमा उपेन्द्र

    काठमाडौँ / नेकपा एमाले र माओवादी केन्द्रले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । समर्थन फिर्तासँगै माओवादी केन्द्र र एमालेबाट मन्त्री र राज्यमन्त्री बनेकाहरूले राजीनामासमेत दिएका छन् । 

    जसपा नेपालमा आएको फुटपछि जसपालाई सत्ताबाट हटाउने रणनीतिअनुसार एमाले र माओवादीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका हुन्। दुवै पार्टीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई गराइसकेका छन् । 

    एमालेबाट राजीनामा दिनेहरूमा सरोज कुमार यादव, राजकुमार लेखी, शत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन्। राय र थापा राज्यमन्त्री हुन् भने अरु चार जना मन्त्री हुन् । यस्तै, माओवादीबाट मन्त्री बनेका भरत साह र युवराज भट्टराईले पनि राजीनामा दिएका हुन्। 

    सत्तारुढ दल माओवादी र एमाले संयुक्त रूपमा समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकार अल्पमतमा परेको छ । 

    माओवादीसँगै एमाले, जनमत, लोसपा र एकीकृत समाजवादी सरकारमा सहभागी भए क्रमशः ९, २४, १३, ८ र ७ जना सांसदको समर्थन पुग्न जान्छ। अर्थात् नयाँ सरकार गठनका लागि ६१ जना सांसदको समर्थन पुग्छ, जुन चाहिएको भन्दा बढी हो । 

    यता, जसपा नेपाल अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने र समर्थन फिर्ता लिने तयारी गरेका छन् । आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि यादव सरकार छाड्ने मनस्थितिमा पुगेका हुन्।

    अघिल्लो साता जसपा नेपाल विभाजनसँगै अशोक राई पक्ष समेत प्रचण्ड सरकारमै छ । आइतबार बिहान यादवले प्रधानमन्त्रीसँगको भेटमा सरकार छाड्ने चेतावनी दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार